काठमाडौँ–नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा सदस्यहरुको सुझाव मागिने बताइएको छ। त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ