२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

स्मार्ट सिटीका सूचक तयार, अब सहरहरूको ‘स्मार्टनेस लेभल’ निर्धारण हुनेछ

काठमाडौँ । सरकारले स्मार्ट सिटी (सहर) सम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गरेको छ । १७ वैशाख २०८२ को मन्त्रीपरिषद्‌ बैठकबाट यस किसिमको निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘स्मार्ट सिटी’ राजनीतिक दल, उम्मेदवार तथा सरकारका भाषण र घोषणाहरूमा आए पनि त्यसले मूर्त रूप भने अहिलेसम्म पाउन सकेको छैन । स्मार्ट सिटीको स्पष्ट परिभाषा नहुँदा क्रमशः ‘स्मार्ट सिटी’ को नारा हराउँदै जान थालेको छ ।

त्यसो त सरकारले लुम्बिनी, निजगढ र पालुङटारलाई स्मार्ट सिटी बनाउने घोषणा नै गरेको थियो । त्यसका लागि गुरु योजना समेत बनाइएको भए पनि अहिले स्मार्ट सिटीको रूपमा चर्चा भने सेलाउँदै गएको छ । संसारभर सूचना प्रविधिमा आधारित यस अवधारणाको लहर चली रहेको बेला नेपालले भने स्मार्ट सिटीको क्षेत्रमा खासै काम गर्न सकेको छैन । यद्यपि स्मार्ट सिटीको एजेन्ड छोडी हाल्न नमिल्ने भएकाले सूचकहरू तय गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहरहरूको स्मार्टनेस लेभल मापन गर्ने उद्देश्यका साथ सूचकहरू तय गरिएको हो । जसका लागि ४ ओटा आधारहरू लिइएका छन्, स्मार्ट जनता, स्मार्ट अर्थतन्त्र, स्मार्ट सुशासन र स्मार्ट पूर्वाधार । खासगरी सबै तहका सरकारहरूले आफ्ना सहरी केन्द्रहरू कति स्मार्ट छन् भनेर नाप्ने आधारको रूपमा यो सूचक तयार पारिएको हो ।

१०० पूर्णाङ्कमा मापन गरिने स्मार्ट सहरका लागि कूल ८३ सूचक तय गरिएका छन् । जसमा योजना, आय आर्जन, नागरिक बडापत्र, विद्युतीय रूपमा उपलब्ध सेवा आदि रहेका छन् । पूर्णाङ्कको आधारमा स्मार्ट सहरहरूलाई लेभल १, लेभल २, लेभल ३, लेभल ४ र लेभल ५ गरी वर्गीकरण गरिएको छ । ९० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने सहर लेभल १ मा पर्नेछन् भने नन् कम्प्लायन्स अर्थात् सूचकहरूमा असफल सहरलाई लेभल ५ मा राखिनेछ । 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १४:१२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट