२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

एमालेको निष्कर्षः नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेका पार्टीको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकले नीति तथा कार्यक्रमका पक्षमा संसद्मा सकारात्मक ढङ्गले सक्रिय र प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई निर्देशन दिइएको उनले बताए।

देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको निष्कर्ष निकालेको प्रमुख सचेतक बर्तौलाले बताए। उनले नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न तथा लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र समाजवादका आधार तयार गर्न, राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने उल्लेख गरे।

‘एमालेले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र यसकाविरुद्ध हुने कुनै पनि प्रकारको अशान्ति फैलाउने गतिविधिको प्रतिवाद गर्ते संकल्प नीति तथा कार्यक्रममार्फत गरिएको आजको बैठकको निष्कर्ष छ। नीति तथा कार्यक्रमले संविधानको समीक्षा गर्दै यसका सवल पक्षलाई थप सुदृढ गर्ने र कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउँदै सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने प्रतिबद्धता एमालेले गरेको छ’, प्रमुख सचेतक बर्तौलाले भने।

बैठकमा नीति तथा कार्यक्रमका सम्बन्धमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका उपमहासचिव विष्णु रिमाल, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले विज्ञका रूपमा प्रशिक्षण दिएका थिए।


सामाग्री श्रोत :

एमालेको निष्कर्षः नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट