२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

आउँदो मे २० मा गुगल नोटबुकएलएमको मोबाइल एप सार्वजनिक हुँदै

काठमाडौँ । गुगलको एआई रिसर्च असिस्टेन्ट ‘नोटबुकएलएम’ अब मोबाइल एपमा पनि चलाउन सकिने भएको छ । एप स्टोरमा देखिएको विवरणअनुसार यो एप एन्ड्रोइड र आईओएस दुवैका लागि आउँदो मे २० देखि उपलब्ध हुने बताइएको छ । अहिलेका लागि प्रयोगकर्ताले एपको प्रि-अर्डर वा प्रि-रजिस्ट्रेसन गर्नसक्ने सुविधा पाएका छन् ।

सन् २०२३ मा सार्वजनिक भएको यो एआई-आधारित नोट लिने तथा अनुसन्धान सहयोगी सेवा हालसम्म डेस्कटपमा मात्र चल्ने गरिन्थ्यो । अब गुगलले यो सेवा मोबाइल, आईप्याड र ट्याब्लेट प्रयोगकर्ताका लागि पनि उपलब्ध गराउने तयारी गरेको हो ।

विद्यार्थी, प्रोफेसनल र अनुसन्धानकर्तालाई सहयोग गर्न बनाइएको यस एपले स्मार्ट समरी र डकुमेन्टमा आधारित प्रश्नोत्तर जस्ता सुविधा दिन्छ । यसले प्रयोगकर्ताले बुझ्न कठिन हुने सामग्रीलाई सजिलो बनाउन सहयोग पुर्‍याउँछ । साथै, ‘अडियो ओभरभ्यु’ नामक सुविधा प्रयोग गरी उपयोगकर्ताले एआईबाट पडकास्ट जस्तै अडियो सामग्री पनि तयार गर्न सक्छन् ।

मोबाइल एपमार्फत प्रयोगकर्ताले नयाँ नोटबुक बनाउन, पहिले बनाइसकेको हेर्न र नयाँ सामग्री अपलोड गर्न सक्नेछन् । अघिल्लो सामग्री पनि सजिलै हेर्न सकिनेछ । साथै, पहिले बनाइएको अडियो ओभरभ्यु पनि मोबाइलमै सुन्न सकिनेछ ।

आउँदो मे २० देखि गुगलको वार्षिक सम्मेलन गुगल आई/ओ सुरु हुनेछ । सम्मेलनको पहिलो दिन नै ‘नोटबुकएलएम’ को मोबाइल एप सार्वजनिक गर्न लागेको हो । सम्भवतः गुगलले त्यही दिन यसबारे थप जानकारी सार्वजनिक गर्नेछ ।

यदि तपाईंले अहिले नै एप्पल एपस्टोर वा गुगल प्ले स्टोरमा प्रि-रजिस्टर गर्नुभयो भने मे २० मा तपाईंको फोनमा एप  स्वचालित रूपमा डाउनलोड हुनेछ ।

-टेकक्रन्चको सहयोगमा

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १७:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट