२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताएका छन्।

शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए।

उनले भने, ‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्वपूर्ण भूमिका रहनुपर्छ। संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ। यसको लागि हाम्रो मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहान्छु। मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको बैभव पुन फर्काउने गरि काम गरिरहेको छ।’

यस्तै, उनले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए।

उनले भने, ‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो। यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएका छन्।’

मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरु आफंैमा अनुकरणिय र निकै महत्वपूर्ण रहेको पनि उनको भनाई छ।

उनले भने, ‘मैथली भाषा नेपालमा बोलीने भाषामध्ये दोस्रो पनि हो। मलाई एकदमै मन पनि पर्छ। मिथिला सभ्यताले बोकेको सभ्यता र विभिन्न आयामहरु त्यो आफैंमा अनुकरणिय छन् र निकै महत्वका छन्। हामी सबैले सम्मान गर्नुपर्ने खालका छन्। सिता माता हाम्रो लागि आदर्श पात्रको रुपमा हुनुहुन्छ। हाम्रो इतिहास र विगतलाई हेर्दा सभ्यता र आदर्शको हिसाबले मान सम्मान गर्नुपर्ने पात्रको रुपमा पनि सिता हुनुहुन्छ।’


सामाग्री श्रोत :

मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट