२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

विभिन्न शीर्षकमा एनसेलले राज्यलाई बुझायो ३४० अर्ब, सरकारले गर्‍यो सम्मान

काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलले स्थापनाकालदेखि हालसम्म विभिन्न कर तथा शुल्क शीर्षकमा ३४० अर्ब रुपैयाँभन्दा बढी राज्यलाई बुझाएको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा ठुलो योगदान दिएको भन्दै सरकारले एनसेललाई सम्मान गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे ।

गत आवमा मात्रै एनसेलले २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क राज्यलाई बुझाएको थियो । यस योगदानको उच्च मूल्याङ्कन गर्दै सरकारले सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने संस्थाका रूपमा कम्पनीलाई कदर गरेको हो ।

एनसेल विगत लामो समयदेखि उच्च करदाता कम्पनीका रूपमा स्थापित रहँदै आएको छ । कम्पनीले यसअघि पनि सरकारले प्रदान गर्ने उत्कृष्ट करदाता र उत्कृष्ट आयकरदाता सम्मानहरू प्राप्त गरिसकेको छ । गत पुसमा ललितपुर महानगरपालिकाले पनि कम्पनीलाई संस्थागत उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको थियो ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसनमार्फत कम्पनीले हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै सातै प्रदेशमा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गरेको छ । कम्पनीका अनुसार यस्ता कार्यक्रममार्फत एक करोड ३० लाखभन्दा बढी जनसंख्या लाभान्वित भएका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सरकारले दिएको सम्मानप्रति आभार व्यक्त गर्दै आईसीटी क्षेत्रको विकास र डिजिटल नेपालको लक्ष्यमा कम्पनीको निरन्तर योगदान रहने बताए ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १२:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट