काठमाडौं । साइबर सुरक्षाको जटिल र चुनौतीपूर्ण क्षेत्रमा नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै लगेका छन् । विश्वभर प्रतिष्ठित मानिने युरोपेली संघ (ईयू) को महत्त्वपूर्ण साइबर सुरक्षा निकाय सर्ट-ईयू (CERT-EU) ले आफ्नो ‘हल अफ फेम’ मा १२ नेपाली साइबर सुरक्षा अनुसन्धानकर्तालाई समावेश गरेको छ । ‘कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम फर द ईयू इन्स्टिच्युसन्स, बडिज एन्ड एजेन्सिज’ को संक्षिप्त रूप सर्ट-ईयू हो ।

यी अनुसन्धानकर्ताले उक्त निकायको प्रणालीमा रहेका सुरक्षा कमजोरी सफलता पूर्वक पत्ता लगाए बापत उक्त सम्मान पाएका हुन् । सन् २०११ मा स्थापित भई २०१२ देखि पूर्ण रूपमा सक्रिय सर्ट-ईयूले युरोपेली संघका सबै संस्था, निकाय र एजेन्सीलाई साइबर खतरा विरुद्ध सुरक्षा दिने महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको छ ।
यी हुन् सर्ट-ईयूको हल अफ फेममा अटाउने १२ नेपाली ?
१) विपिन साउद (ओके बोस) -२ पटक

२) राजन क्षेडाल
३) आशुतोश देवकोटा -३ पटक
४) रेहन मोहमद-३ पटक
५) किसान शाह-९ पटक
६) शुभम अधिकारी-५ पटक
७) अजित भट्ट-२ पटक
१०) लक्ष्मी कुमारी ठाकुर-२ पटक
११) पंकज कुमार ठाकुर -३ पटक
१२) आशुतोष नाथ रिमाल
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ २०:३८
सामाग्री श्रोत :
टेक पाना