२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

सामुदायिक विद्यालयका लागि भर्चुअल शिक्षण प्रणालीको विकास गर्ने सरकारको घोषणा

काठमाडौं । विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीलाई उनीहरूको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि विश्वविद्यालय शिक्षामा प्रवेश गराइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो व्यवस्था गरिने उल्लेख गरेका हुन् ।

नीति तथा कार्यक्रममा विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधिमैत्री र अनुसन्धान तथा अन्वेषण लक्षित बनाइने लक्ष्य राखिएको छ । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार, विद्यालय तहको अध्ययन सकिएपछि प्राप्त ग्रेडका आधारमा विद्यार्थीलाई सोझै प्राविधिक धार वा विश्वविद्यालय शिक्षातर्फ पठाइनेछ ।

उनले प्राविधिक शिक्षाको धारलाई भविष्यमा विश्वविद्यालय तहसम्मै पुर्‍याइने पनि बताए ।

यसका साथै, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न भर्चुअल शिक्षण प्रणालीको विकास गरिने, विद्यार्थी परामर्शको प्रबन्ध मिलाइने र अन्तरक्रियात्मक ई-लर्निङ सामग्रीका लागि डिजिटल प्लेटफर्मको व्यवस्था गरिने राष्ट्रपति पौडेलले उल्लेख गरे । शिक्षकका लागि मेन्टरिङमा आधारित आकर्षक शिक्षण कलासम्बन्धी तालिमको व्यवस्था गरिने पनि उनले घोषणा गरे ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट