२०८२ बैशाख २१ आईतवार
LATEST NEWS
२०८२ बैशाख २१ आईतवार

हेलो सरकारका गुनासा तुरुन्त सम्बोधन गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाउने सरकारको योजना

काठमाडौं । सरकारले ‘हेलो सरकार’ मार्फत आउने नागरिकका गुनासाको शीघ्र सम्बोधन गर्न विशेष ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाउने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको यस्तो योजना रहेको बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले निरन्तर सूक्ष्म निगरानी गर्ने उल्लेख गरे । “हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिनेछ,” राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो टिमको परिचालनले नागरिकका समस्या र गुनासाहरूलाई तत्काल सम्बोधन गरी सरकारी सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास सरकारले लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १७:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट