२०८२ मंसिर ७ शनिबार
२०८२ मंसिर ७ शनिबार

बाल यौन शोषण नेटवर्क चलाएको अभियोगमा अमेरिकामा नेपाली युवा पक्राउ

अमेरिका– विश्वव्यापी बाल यौन शोषण नेटवर्क संचालन गरेको अभियोगमा नेपाली युवा अमेरिकामा पक्राउ परेका छन् । नर्थ क्यारोलिना राज्य निवासी २० वर्षीय प्रशन नेपाल अनलाइन सञ्जालको रुपमा विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोगमा गतसाता पक्राउ परेका हुन् ।

उनीविरुद्ध अमेरिकामा हालसम्मकै जघन्य अनलाइन बाल शोषण उद्यम गरेको अभियोगमा युनाइटेड स्टेट डिस्ट्रिक कोर्ट, डिस्ट्रिक अफ कोलम्बियामा मुद्दा चलाइएको छ । मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा स्थानान्तरण गरिएको थियो ।

नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ । वारागियासिन कुन देशको नागरिक भन्ने खुलाइएको छैन । उनीहरुको अभियोग प्रमाणित भएमा आजीवन काराबास हुन सक्ने डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ ।

Ncell 2
Ncell 2

नेपाल र वारागियानिसले अनलाइनमा कमजोर बालबालिकाहरुलाई लक्षित गर्दै उनीहरुलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरु उत्पादन गर्न बाध्य पारेको र ती सामग्रीमार्फत ८ जना नाबालिगको शोषण गरेको अभियोग लगाइएको छ । 

मुद्दामा लगाइएका आरोपहरु विचलित पार्ने मात्र नभई हरेक अभिभावकको लागि दुःस्वप्नसमेत रहेको डिस्ट्रिक्ट अफ कोलम्बियाका यूएस एटोर्नी एडवर्ड आर मार्टिन जुनियरले अमेरिकी संचारमाध्यमहरुसँग बताएका छन् ।

shivam cement
shivam cement

‘७६४’ भनेर चिनिने सञ्जालमा सन् २०२० को अन्त्यदेखि २०२५ को सुरुसम्म अश्लील सामग्रीहरु राखेको र नेपालले ७६४ भित्र एउटा मुख्य उपसमूहको नेतृत्व गरेको अभियोग पत्रमा उल्लेख छ ।

अनुसन्धानको क्रममा सञ्जाल संचालनका लागि इन्क्रिप्टेड मेसेजिङ एपहरु प्रयोग गरिएको, उनीहरुले बाल यौन दुर्व्यवहार सामग्रीको उत्पादन र वितरणमा निर्देशन दिएको र भागसमेत लिएको पाइएको प्रहरीको दाबी छ । स्थानीय समयअनुसार यसै साताको मंगलबार अदालतमा नेपालले ७६४ नेटवर्क आफ्नो टोलीले सिर्जना गरेको र अझै पनि नेटवर्क नियन्त्रण गरिरहेको स्वीकार गरिसकेका छन् । अदालतमा नेपालका आमा, बुबा, एक दिदी र कान्छो भाइसमेत सहभागी थिए ।

मार्च ३ मा बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ परेका थिए । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयााल हुन् । मिनिसोटा राज्यको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययरत तामाङ र फुयाँलमाथि सन् २०२४, नोभेम्बर १ राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु साउथको युनिभर्सिटी छात्राबासको कोठामा आफूसFगै लगेर एक महिला विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाइएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट