काठमाडौं – सरकारले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने भएको छ ।
स्वास्थ्य क्षेत्रका जनशक्तिको व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि सरकारले संघीय स्वास्थ्य सेवा ऐन जारी गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने बताएका हुन्।
उनले सरकारले स्वास्थ्य जनशक्तिको व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन जारी गरिने, प्रतिकारात्मक तथा उपचारात्मक दुवै उपचार पद्धतिको प्रयोग गरिने, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने, सातै प्रदेशमा जलन तथा मुटु रोग सेवालाई विस्तार गरिने बताएका हुन् ।
हरेक वर्ष फागुन महिनालाई नसर्ने रोग महिनाका रुपमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
सामाग्री श्रोत :
swasthyakhabar

