२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

प्रधानमन्त्री भन्छन्: एआई सञ्चालन गर्न आवश्यक विद्युत् नेपालले दिन सक्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सञ्चालनका लागि आवश्यक पर्ने विद्युत आपूर्ति गर्न सक्षम रहेको बताएका छन् ।

आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकाससँगै विश्व एआईकाे युगमा प्रवेश गरिसकेको र यसका लागि आवश्यक विद्युत नेपालले उपलब्ध गराउन सक्ने धारणा राखे 

“हामीसँग इलेक्ट्रिसिटी छ । अब तपाईँहरूले स्थापना गर्ने तयारी गरिरहँदा हामी थप इलेक्ट्रिसिटी उत्पादन गर्छौ । हामी एआईलाई चाहिने हाइड्रो इनर्जी मात्रै होइन, ग्रीन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्छौँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा विद्युतीय पूर्वाधार, सडक तथा यातायात सुविधा र भाडादर प्राविधिक उद्यमहरूको लागि अनुकूल रहेको भन्दै विदेशी लगानीकर्तालाई आईटी क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानीकर्तालाई सहज वातावरण सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताए । 

हाइड्रोजनबाट सञ्चालन हुने सवारी साधनको प्रसङ्ग उल्लेख गर्दै उनले आफूले केही समयअघि त्यही प्रविधिबाट चलेको गाडी चढेर कार्यक्रममा गएको स्मरण गरे ।


 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १४:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट