काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले गत वैशाख १४ मा सार्वजनिक गर्नै लाग्दा अचानक स्थगित गरेको श्वेतपत्र आज सार्वजनिक गर्ने भएको छ।

रत्नपार्कस्थित प्राधिकरण मुख्यालयमा श्वेतपत्र जारी गर्न लागिएको प्राधिकरणले जानकारी दिएको हो।
श्वेतपत्र मस्यौदाका केही अंश आधिकारिक रुपमा सार्वजनिक हुनुअघि नै केही सञ्चार माध्यममा प्रकाशित भइसकेका छन्।
प्राधिकरणमा नयाँ नेतृत्व आएपछि अघिल्लो कार्यकालमा भएका काम–कारबाही, प्राधिकरणको वर्तमान आर्थिक अवस्था एवं आगामी योजनासहितको श्वेतपत्र जारी गर्न लागिएको हुन्।

गत आइतबार श्वेतपत्र जारी गर्न सञ्चालक समितिबाट स्वीकृत भए पनि अन्तिम समय आएर रोकिएको थियो।
प्राधिकरणमा हालै आएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका काम र आर्थिक अवस्थाबारे उल्लेख गर्दै श्वेतपत्र सार्वजनिक गरिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ