काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रणालीलाई डिजिटल बनाउँदै ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली’ सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् ।

नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन, नवीकरण, क्याटेगरी थप तथा प्रतिलिपिका माग जस्ता सेवा अनलाइनमार्फत लिनसक्ने छन् । यस सेवाका लागि बागमती प्रदेश सरकारले edl.bagamati.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।
डिजिटल लाइसेन्स प्रणालीले सेवामा पारदर्शिता, छरितोपन र पहुँच वृद्धि गर्ने प्रदेश सरकारको विश्वास छ ।
वेबसाइटमा अनलाइन आवेदन, डकुमेन्ट अपलोड, शुल्क भुक्तानी, अपोइन्टमेन्ट बुकिङ, आवेदन ट्र्याकिङ, लाइसेन्स छपाइ अवस्थाको जानकारीलगायत सेवा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १४:७
सामाग्री श्रोत :
टेक पाना