२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हटाए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर माइक वाल्ट्जलाई नयाँ जिम्मेवारी दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमा यो घोषणा गरेका हुन् । “मलाई संयुक्त राष्ट्र संघको लागि अर्को अमेरिकी राजदूतको रूपमा माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गर्न पाउँदा खुसी लागेको छ,” उनले लेखे।

ट्रम्पले थप लेखे, “युद्धभूमिमा पोशाकमा हुँदा, कांग्रेसमा हुँदा, र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा, माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकतामा राख्न कडा परिश्रम गरेका छन्। मलाई थाहा छ उनले आफ्नो नयाँ भूमिकामा पनि त्यस्तै गर्नेछन्।”

ट्रम्पले वाल्ट्जको ठाउँमा विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त जिम्मेवारी सम्हाल्ने बताएका छन्।

वाल्ट्जले ट्विटरमा राष्ट्रपतिको घोषणाको स्क्रिनसट पोस्ट गरे । “राष्ट्रपति ट्रम्प र हाम्रो महान राष्ट्रको सेवा जारी राख्न पाउँदा म गहिरो सम्मानित छु,” उनले लेखे।

संवेदनशील सैन्य योजनाहरू छलफल भइरहेको च्याट समूहमा गल्तिले एक पत्रकार थपेकोमा वाल्ट्जले हालै आलोचनाको सामना गर्नु परेको थियो।


सामाग्री श्रोत :

ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हटाए

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट