२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

आठ विधामा सरकारले दियो आईसीटी अवार्ड, क-कसले पाए ?

काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा सरकारले विभिन्न आठ विधामा आईसीटी अवार्ड वितरण गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व, संघसंस्था तथा कम्पनीहरूलाई सम्मान गरेका हुन् ।

क-कसले पाए आईसीटी अवार्ड २०८२ ?

  • नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (पुरुष) – प्राडा. शशिधरराम जोशी (पुरस्कार राशि: एक लाख रुपैयाँ) 

  • नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (महिला)– बन्दना शर्मा

  • नेसनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) – जल तथा मौसम विज्ञान विभाग

  • नेसनल आईसीटी अवार्ड (प्राइभेट सेक्टर) – म्याभोरियम सिस्टम प्रा.लि., बालुवाटार

  • नेसनल आईसीटी अवार्ड ​(पब्लिक सेक्टर-प्रदेश/स्थानीय) – ललितपुर महानगरपालिका

  • नेसनल आईसीटी अवार्ड प्राइभेट सेक्टर (प्रदेश/स्थानीय) – निन्जा इन्फोसिस प्रा.लि., नेपालगञ्ज

  • आईसीटी इनोभेसन अवार्ड– इ-कागज पत्र प्रा.लि., महालक्ष्मी आर्ट, ललितपुर

  • आईसीटी स्टार्टअप अवार्ड– टेककम डिजिटल प्रा.लि., नख्खु, ललितपुर

     

सो अवसरमा मोबाइल सेवाप्रदायक एनसेल, भुक्तानी प्रणाली सञ्चालक फोनपेमेन्ट सर्भिस र भुक्तानी सेवाप्रदायक इसेवालाई धेरै आयकर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ । त्यस्तै, सिडर गेट सर्भिसेस, स्प्राउट टेक्नोलोजी र लिपफ्रग टेक्नोलोजीलाई नेपालमा धेरै विदेशी मुद्रा भित्र्याउने कम्पनीका रूपमा सम्मान प्रदान गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १३:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट