२०८२ जेष्ठ ११ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ११ शनिबार

आजबाट नियमित खुले सरकारी विद्यालयहरु

काठमाडौं– शिक्षक आन्दोलनका कारण झण्डै एक महिना बन्द रहेका सरकारी विद्यालयहरु आजबाट नियमित रुपमा खुलेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबिच सहमति भए संगै आजदेखि सरकारी विद्यालय खुलेका हुन्।

देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

Ncell 2
Ncell 2

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् । सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने बताइएको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?