२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

प्रतिक्रिया : डेन्टल हाइजेनिस्टको कामबारे भ्रम फैलाएकोमा आपत्ति

काठमाडौं- नेपाल डेन्टल साइन्स हाइजेनिस्ट सोसाइटीले दन्तचिकित्सक डा भूमेश काफ्लेले आफ्नो लेखमा उल्लेख गरेका केही प्रसंगमा आपत्ति जनाएको छ। डेन्टल हाइजेनिस्ट पूरक रहेको उनीहरुले मौखिक सेवा मात्रै दिन सक्ने भनेर लेखकले भ्रम सृजना गर्न खोजेको सोसाइटीको प्रतिक्रिया छ। 

लेख छापिएको swasthyakhabar.com लाई पठाइएको बिज्ञप्तिमा  भनिएको छ,  ‘नेपालका दुर दराजमा अहिले पनी डेन्टलमा सामान्य तालिमको भरमा सरकारी निकायहरुमा सेवा प्रदान भइरहेको अवस्थामा यो जनशक्ति एकेडेमिक तह को ३ वर्ष दाँत र मुखसम्बन्धि अध्ययन गरेको  जनशक्ति भएकोले तह अनुसार ५/१०/१५ मा कार्य गर्न सक्ने कुराको जानकारी सहित अनावस्यक  भ्रम सिर्जना नगर्न अनुरोध छ।’


 

स्वास्थ्यखबर अनलाइनमा दन्तचिकित्सक डा भूमेश काफ्लेको ‘स्वास्थ्य नीतिको अन्योल, डेन्टल डाक्टहरुलाई उपेक्षा’ शिर्षकमा समाचार छापिएको थियो। जुन लेखकको निजी विचार रहेको हामीले लेखमै उल्लेख गरेका छौं।  हामी सबै पेशालाई उत्तिकै सम्मानका साथ हेर्ने जानकारी गराउँछौं । प्रतिक्रियाका लागि धन्यवाद ।  – सम्पादक

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?