२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

विकिपिडियामा कन्टेन्ट राख्न एआई प्रयोग हुने, मानिसको भूमिका के होला ?

काठमाडौँ । विकिपिडिया सञ्चालन गर्ने गैरनाफामूलक संस्था विकिमिडिया फाउन्डेसनले आगामी तीन वर्षका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई रणनीति सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक गरिएको रणनीति अनुसार विकिमिडिया फाउन्डेसनले विकिपिडिया एडिट गर्ने स्वयंसेवक र एडिटरहरूको कार्य सहज बनाउन एआई प्रयोग गर्नेछ ।

प्रविधिमा पहुँच नपुगेका एडिटरलाई पनि सजिलै सामग्री निर्माण र सम्पादन गर्ने बनाउन विकिमिडियाले यस्तो कदम चालेको हो । संस्थाले जनशक्तिलाई विस्थापित गर्ने शैलीमा एआई प्रयोग नगर्ने र सधैँ मानव केन्द्रित दृष्टिकोण अपनाइने प्रतिबद्धता जनाएको छ ।

विकिमिडियाले विशेषगरी दोहोरिएको र झन्झटिलो काम स्वचालित बनाउन एआई प्रयोग गर्ने योजना बनाएको छ । यसमार्फत एडिटरहरूलाई बढी समय विचार–विमर्श र सहमति निर्माणमा केन्द्रित हुन दिने लक्ष्य लिइएको छ ।

एआईले अनुवाद, नयाँ स्वयंसेवकलाई ओरियन्टेसन गर्ने प्रक्रिया र विकिपिडियामा जानकारी खोज्ने क्षमता सुधार्न सहयोग गर्नेछ ।

विकिमिडियाको मसिन लर्निङ विभागका निर्देशक क्रिस एल्बन र अनुसन्धान प्रमुख लैला जिया लेख्छन्, “हामी विश्वास गर्छौं कि एआईसँगको हाम्रो भविष्यको काम हामी के गर्छौं भन्ने कारणले मात्र नभई हामी कसरी गर्छौं भन्ने कारणले पनि सफल हुनेछ ।”

उनीहरूका अनुसार विकिमिडियाले सधैँझैँ गोपनीयता, मानव अधिकार, पारदर्शिता, ओपन सोर्स प्रविधि र बहुभाषिकतालाई प्रमुखताका साथ अगाडि बढाउनेछ ।

जेनरेटिभ एआईको विकाससँगै गलत जानकारी र भ्रमपूर्ण उत्तरहरूको सम्भावना बढिरहेको सन्दर्भमा विकिपिडियाको भरपर्दो ज्ञान स्रोतको भूमिका अझ महत्वपूर्ण हुँदै गएको संस्थाले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ६:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट