२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

पेस्तोल पड्काएको भिडिओ भाइरल बनेपछि जसपा नेतृ यादवले भनिन्ः त्यो त खेलौना हो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य नेतृ डाक्टर बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओलाई लिएर  स्पष्टीकरण दिएकी छन् । एक वैवाहिक समारोहमा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट गरिएको फायरलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको प्रति उनले चिन्ता व्यक्त गरेकी हुन्।

नेतृ बबीले एक समारोहकाबिच बन्दुक चलाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो भिडिओलाई लिएर उनले आफ्नो फेसबुक पेज मार्फत स्पष्टीकरण दिएकी हुन् । उनले एक वैवाहिक समारोहकाबिच ‘रेन्जर टोय’ नामक खेलौनाले फायरिङ गरेको दाबी गर्दै आफूले प्रयोग गरेको खेलौना गनको तस्विर समेत फेसबुकमा राखेकी छिन् ।  

“केही समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओ प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबिच मैले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु । साथै, सो भिडिओ नितान्त मनोरञ्जनात्मक मात्रै भएको समेत जानकारी गराउँदछु,” उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन् । 

उक्त भिडिओ केही दिनयता विभिन्न प्लेटफर्ममा भाइरल हुँदै आएको छ । भिडिओमा देखिएको ‘फायर’ लाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ ९:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट