२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

एक-डेढ वर्षमा अधिकांश कोडिङ एआईले गर्नेछ, त्यो पनि औसत इन्जिनियरलेभन्दा राम्रो: जुकरबर्ग​

काठमाडौँ । मेटाका प्रमुख कार्यकारी निर्देशक मार्क जुकरबर्गले अबको १२ देखि १८ महिनाभित्र कम्पनीको लामा (Llama) प्रोजेक्टका लागि अधिकांश कोडिङको काम एआईले नै गर्ने बताएका छन् । आजको दिनमा एउटा सामान्य डेभलपरले गर्नसक्ने कोडिङ एआईले गर्नसक्ने क्षमता राख्ने उनको धारणा छ ।

चाडैँ नै अहिलेको भन्दा राम्रो कोडिङ गर्ने क्षमता एआईसँग हुने पनि उनको विश्वास छ । एक पोडकास्ट अन्तर्वार्तामा बोल्दै जुकरबर्गले आजको दिनमा एआईले कोडिङलाई अटो-कम्प्लिट गर्न सक्ने भए पनि आउँदा दिनमा एआईले टेस्ट चलाउन, बग पत्ता लगाउन र औसतमा राम्रो प्रोग्रामरभन्दा उच्च गुणस्तरको कोड लेख्न सक्षम हुने बताए । 

उनका अनुसार मेटाले अहिले कोड लेख्ने एआई एजेन्ट र रिसर्च एजेन्ट तयार गरिरहेको छ, जसले विशेषगरी एलएलएएमए (Llama) को अनुसन्धानमा सहयोग पुर्‍याउने छ ।  यसैबिच, गुगलका सीईओ सुन्दर पिचाईले पनि हाल गुगलको २५ प्रतिशत कोड एआईबाट लेखिएको जानकारी दिएका छन् ।

ओपनएआई (OpenAI) का सीईओ साम अल्टम्यानले केही कम्पनीहरूमा एआईले ५० प्रतिशतसम्म कोड लेखिरहेको दाबी गरेका छन् । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूका यी भनाइहरूले अब निकट भविष्यमा कोडिङमा एआईको व्यापक प्रयोग र मानव इन्जिनियरहरूको भूमिकामा परिवर्तन आउने सङ्केत देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १२:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट