२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची

काठमाडौँ – बजेट अधिवेशनका रुपमा रहेको संसद्को पाँचौ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। 

बिहीबार संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। 

Ncell 2
Ncell 2

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ। 

shivam cement
shivam cement

त्यस्तै सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई वैशाख १९ गते शुक्रबारगरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची छ।  

शुक्रबार दिउँसो तीन बजे राष्ट्रपति पौेडेलले संघीय संसद्का दुवै(प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्दैछन्।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?