काठमाडौं– पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल बनेपछि प्रहरी सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयमा बोलाएको थियो । सोधपुछ गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभइ बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।
यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको थियो । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाइएको थियो । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुल्यो । ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी थिइन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ