२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

ओलीले शुभारम्भ गरे ‘श्रम संसार’, अब जागिर खोज्न र कर्मचारी खोज्न सरकारले नै सघाउने

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले ‘श्रम संसार’ पोर्टल सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।

अब सरकारदेखि निजी संघसंस्थासम्मले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ ।

प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिकलाई ‘श्रम संसार’ ले पुलको काम गर्ने बताएको छ । उनले भने, ‘यसले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ । रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ ।’

Ncell 2
Ncell 2

श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हट्ने पनि उनको विश्वास छ । निकट भविष्यमा नागरिक एपमा समावेश गर्दै सबै जनतासँगको पहुँच वृद्धिका लागि प्रधानमन्त्रीले निर्देशन दिए ।

उनले भने, ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ’,

shivam cement
shivam cement

सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिसकेको सम्बन्धमा रणनीतिक कार्ययोजना तयार गरिरहेको उनको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट