२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

अब भारतबाट दैनिक १५ घन्टा बिजुली आयात

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले भारतबाट मागेजति बिजुली नपाए लोडसेडिङ हुने बताइरहेका बेला पिकआवरबाहेकको बिजुली पाउने भएको छ।

यसअघि दैनिक १२ घन्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १५ घन्टासम्म आयात गर्न पाउने भएको हो।

भारतबाट बिहान ६ देखि साँझ ५ बजेसम्म निरन्तर बिजुली आइरहेको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए। 

Ncell 2
Ncell 2

भारतले पुरानै सहमतिअनुसार अब निरन्तर ६०० मेगावाट विद्युत् दिने प्रवक्ता शिल्पकारले बताए।

‘पहिला नै हामीले ६०० मेगावाट रातीका लागि मागेका थियौं। सुरुमा भारतले १५ घन्टासम्म दिइए पनि बीचमा अत्यधिक लोड बढ्यो। नेपालले रातीमा मागेको बिजुली दिउँसो पाइरहेको थियो। बेलुकाको पिकआवरमा अझै पनि पाइरहेका छैनौं। बिहान ६ देखि ५ बेलुका समस्या थिएन। रातीको समयमा पनि विस्तार पाउँछौं,’ प्रवक्ता शिल्पकारले भने। 

shivam cement
shivam cement

अहिले सुक्खा मौसममा नदीनालाको बहाव कम हुँदा जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औषत १ हजार १७५ मेगावाट रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट