२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

भिरिन्ची कलेजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय रोजगारीमा एआईको भुमिकाबारे प्रशिक्षण

काठमाडौं । भिरिन्ची कलेजले आफ्ना विद्यार्थीलाई एआईले प्रविधि, शिक्षा र अन्तराष्ट्रिय रोजगारीमा पार्नसक्ने असरबारे प्रशिक्षण प्रदान गरेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त दक्षिण कोरियाका विज्ञ प्रोफेसर डाक्टर दोङ ह्वा किमले विद्यार्थीलाई प्रशिक्षण दिएका हुन् । दक्षिण कोरियास्थित डिडक साइन्स एन्ड टेक्नोलोजी कोअपरेटिभका कार्यकारी समेत रहेका किमले गेस्ट लेक्चररका रुपमा ब्याचलर इन इन्फरमेसन एन्ड कम्युनिकेशन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरूलाई एआई सम्बन्धी प्रशिक्षण दिएको कलेजले जनाएको छ । 

उनले आफ्नो लेक्चरका क्रममा विद्यार्थीसँग प्रविधि, शिक्षा र अन्तराष्ट्रिय रोजगारीमा एआईको परिवर्तनकारी भुमिकाको सम्बन्धमा छलफल गरेको थिए । पछिल्लो समय एआईका कारण उद्योगमा कस्ता परिवर्तनहरु भइरहेका छन्, त्यहाँ काम गर्न कस्ता अनुभव आवश्यक छन् र विश्वव्यापी रुपमा रोजगारी परिदृश्य कसरी परिवर्तन भइरहेको छ भन्ने विषयमा जानकारी गराएका थिए । यसका साथै उनले एआईको विकास र यसका नीतिगत आयामहरूका विषयमा समेत छलफल गरेको कलेजले जानकारी दियो । 

उनले एआईले प्रविधिको क्षेत्रमा ल्याएको द्रुत विकासलाई आत्मसाथ गर्दै विद्यार्थीले आफूलाई कसरी सोही अनुरूप तयारी पार्दै अघि बढ्ने भन्ने विषयमा समेत प्रशिक्षण दिएका थिए । ‘एआई प्रविधि मात्रै नभएर नयाँ सोच हो,’ डाक्टर किमले भने, ‘भिरिन्ची जस्ता कलेजले नयाँ पुस्तामाझ यो सोचलाई गहिराइसम्म पुर्‍याउन ठूलो सहयोग पुर्‍याउने छ ।’

विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने कलेजको उद्देश्य अनुरूप यो कार्यक्रम आयोजना गरेको कलेजले जनाएको छ । यसले विद्यार्थीलाई नयाँ प्रविधिसँग घुलमिल हुनका लागि समेत सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १२:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट