२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

निजामती अस्पतालमा ४०-५० प्रतिशत छुट पाउने १० लाख सेवाग्राही थप, धान्छ त ?

काठमाडौं – निजामती अस्पताल सेवाग्राहीको उच्च चाप भएको अस्पतालमध्ये एक हो। सीमित स्रोतसाधनका बीच सेवा दिइरहेको उक्त अस्पतालमा थप १० लाख सेवाग्राही थपिँदै छन्। 

बुधबार सरकारले शिक्षकसँग गरेको सहमतिअनुसार विद्यालयका शिक्षक-कर्मचारीले निजामती अस्पतालबाट स्वास्थ्य उपचारमा छुट पाउने छन्।
भनिएको छ,  ‘काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गरिनेछ।’ 

अहिले देशभरीका सामुदायिक विद्यालयमा २ लाख हाराहारीमा शिक्षक-कर्मचारी रहेको तथ्यांक छ। उनीहरुका परिवार समेत गर्दा छुट पाउने सेवाग्राहीको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ। 

निजामती अस्पतालमा अहिले डेढ लाख हाराहारी निजामती कर्मचारीका परिवार गरी ७ लाख सेवाग्राही ४०-५० प्रतिशत छुट पाइरहेका छन्। 

धान्छ त ?
अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मी आफूले यसलाई अवसरका रुपमा लिएको बताउँछन्। उनका अनुसार अहिले ८० प्रतिशत सेवाग्राही सर्वसाधरण र २० प्रतिशत कर्मचारी रहेका छन्। 

अस्पतालले ८० प्रतिशतबाट पूर्ण शुल्क लिएर २० प्रतिशतलाई ४०-५० प्रतिशत छुटमा सेवा दिइरहेको छ। अधिकृत भन्दा माथिकाले ४० र त्यसभन्दा तलकालाई ५० प्रतिशत छुट दिने व्यवस्था छ। 

अस्पतालको आयका साथै निश्चित अनुदान समेत पाउने भएकाले अस्पतालले अहिलेसम्म जेनतेन धानिरहेको छ। सरकार आफैंले छुट प्राप्त गर्ने सेवाग्राही बढाएका कारण आगामी वर्षमा अनुदान त्यही अनुपातमा बढ्ने अपेक्षा अस्पतालले गरेको छ। 

अहिले पनि बिरामीको चाप रहेका कारण जनशक्ति, भौतिक पूर्वाधार, उपकरण बढाउँदै लैजाने तयारी अस्पतालले गरिनै रहेको थियो । त्यसैगरी दुई सिफ्टमा सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र अहिले त्यसका लागि तयारी भइरहेको डा रेग्मी बताउँछन्। 

अस्पतालका निर्देशक डा रेग्मी सेवालाई विकेन्द्रीकरण गर्ने योजना रहेको बताउँछन्। आगामी आर्थिक वर्षभित्र कम्तिमा तीन प्रदेशबाट अस्पतालले सेवा दिएर रिफरल सेन्टरका रुपमा केन्द्रको अस्पताललाई विकास गर्ने योजना रहेको बताउँछन्। 

सरकारले सहुलियत दिइरहेका कर्मचारी र शिक्षकलाई सामान्य समस्यामा सम्बन्धित प्रदेशमै उपचार पाउनेगरी ७ वटै प्रदेशबाट सेवा दिनेगरी अघि बढ्नुपर्नरे निर्देशक डा रेग्मीले देखेका छन्। उनले भने,  ‘हामीले यसलाई अवसरका रुपमा लिएर अस्पताललाई अझ सशक्त बनाउन सकिने देखेका छौं। त्यही अनुसार अघि बढ्छौं।’

भविष्यमा निजामती सेवा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुप दिने योजना डा रेग्मीको छ। उनले भने,  ‘अति विशिष्टिकृत अस्पतालको रुपमा  अघि बढाउँदै यसलाई एकेडेमिक प्रतिष्ठानको रुपमा विकास गर्ने हाम्रो योजनालाई मूर्त रुप दिन पनि यसलाई अवसरका रुपमा लिनेछौं।’

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट