२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

कुनै बेलाको चर्चित ब्रान्ड एलजी मोबाइल अब सदाका लागि बन्द हुँदै

काठमाडौँ । एलजी इलेक्ट्रोनिक्सले आउँदो ३० जुन देखि आफ्ना सबै मोबाइल फोनको सफ्टवेयर अपडेट सेवा बन्द गर्ने घोषणा गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले अबदेखि आफ्ना मोबाइलमा सफ्टवेयर अपग्रेड र अपडेटसम्बन्धी सेवा स्थायी रूपमा बन्द गरिने जानकारी दिएको हो ।

चार वर्षअघि नै कम्पनीले स्मार्टफोन बजारबाट बाहिरिने घोषणा गरेको थियो । जारी सूचना अनुसार अब एलजीले आफ्नो मोबाइल सफ्टवेयर अपग्रेड, अपडेट सेन्टर (एप सेवा) र एलजी ब्रिज (पीसी टुल) सबै सेवाहरू बन्द गर्दैछ । यी सबै सेवा ३० जुनपछि बन्द हुनेछन् ।

सेवा बन्द भएपछि कुनै पनि एलजी मोबाइल फोनमा सफ्टवेयर अपडेट उपलब्ध नहुने एलजीले स्पष्ट पारेको छ । त्यसैले प्रयोगकर्तालाई उक्त म्याद अगावै आवश्यक परेमा सफ्टवेयर अपडेट गर्न सुझाव दिइएको छ ।

साथै, एप अपडेट सेवा पनि बन्द हुने भएकाले कुनै कारणवश रिमुभ भएका डिफल्ट एपहरू पुनः डाउनलोड गर्न नपाइने चेतावनी कम्पनीले दिएको छ ।

एलजीले मोबाइल फोन निर्माण व्यवसाय २०२१ मै बन्द गरिसकेको भए पनि, यसअघि बिक्री भएका उपकरणमा केही समयसम्म सफ्टवेयर सेवा उपलब्ध गराउँदै आएको थियो । अब उक्त सेवा पनि पूर्ण रूपमा अन्त्य हुँदैछ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १३:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट