२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र

हाल देशको स्वास्थ्य क्षेत्रको मौसम पीजी रेजिडेन्टलाई सम्मानजनक स्टिपेन्डको व्यवस्था हुनुपर्ने भन्ने कुरामा चलिरहेको छ। काम गर्ने कामदारको रुपमा मात्रै व्यवहार नगरी सो कामको उचित मूल्याकंन हुनुपर्नेमा चिकित्सकहरुको सङ्घर्ष चलिरहेकै छ।  निजी मेडिकल कलेजहरुको समूह एउटा रेजिडेन्ट डाक्टरले  पढेर अनुभव बटुलेर एउटा डिग्री मात्रै लिएर जाने हुन् भन्ने खालको भाष्य निर्माण गर्न उद्दत देखिन्छन्। जुनकुरा आंशिक सत्य हो।

उक्त मेडिकल कलेजको सेवामा भएको सुधार र रेजिडेन्ट डाक्टरले हुने कार्यसम्पादनको बारेमा भने सबै मौन हुन्छन्। लगातार ३६ देखि ४८ घण्टा डिउटी  गर्ने रेजिडेन्टहरुलाई महिनाको ४८ हजार  पनि निर्वाह भत्ता दिन आनाकानी गर्ने निजी मेडिकल कलेजहरुले सामाजिक उत्तरदायित्वको बोझ पनि लिन्छन् भन्ने  कुरामा विश्वास गर्न सकिएला त! तर केही सरकारी संस्थानहरुले भने यो उत्तरदायित्व अब्बल रुपमा निरन्तर गरिरहेका छन् । जसमा सहिद गङालाल राष्ट्रिय ह्र्दय केन्द्र आफूलाई अब्बल सावित गरिरहेको छ ।

राज्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने समस्त अस्पतालहरुले आफ्नो केही बजेट सामाजिक उत्तरदायित्वको लागि पनि छुट्ट्याउने गर्नुपर्छ।  सोही सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रमममा केही बेड नि:शुल्क गरेर वा  केही प्रतिशत ल्याब लक्षित वर्गलाई नि:शुल्क, सीमान्तकृत समुदायमा विशेष क्याम्प संचालन गरेर आदि कुराहरुबाट पूरा गर्न सकिन्छ। देशका कुनाकुनामा शिविर सन्चालन गरेर दीर्घकालीन रोगको पहिचान गर्नु पनि कुनै पनि अस्पतालको समाजप्रतिको थप जिम्मेवारी हो। सोही क्रममा गङ्गालाल अस्पतालबाट देशका विभिन्न ठाउँहरुमा  स्थानीय सरकारको समन्वयमा एक वर्षमा दस देखि पन्ध्रवटा मुटुरोग शिविर  सन्चालन गरिन्छ।

यसवर्ष ताप्लेजुङ, तेह्रथुम, रौतहट, म्याग्दी, डोटी, सोलुखुम्बु आदि जिल्लाहरुमा गङ्गालाल अस्पतालले क्याम्प सन्चालन गर्दै आइरहेको छ । जसमा बाथ मुटुरोगको पहिचान, जन्मजात मुटुमा प्वाल परेका बिरामीहरुको पहिचान गर्नु र उपचारको लागि सहजीकरण गर्नु विशेष उपलब्धी मान्न सकिन्छ । सो बिरामीहरुको उपचार सकेसम्म निशुल्क गर्ने प्रयासमा पनि गङ्गालाल अस्पताल पछि पर्दैन।

हालै ताप्लेजुङको फुङलिङ बजारमा फुङलिङ नगरपालिकाको समन्वयमा मुटु रोगको विशेष क्याम्प त्यहाँ बालमन्दिरमा सन्चालन गरिएको थियो। जसको लागि गङालालबाट पूरै प्रविधिक टिम पुगेको थियो । सो क्याम्पमा करिब ७०० जना बिरामीहरुको चेकजाँच र ६०० बिरामीको इको गरिएको थियो । जन्मजात मुटुमा प्वाल भएका बिरामीहरु ४ जना र बाथ मुटु रोगका बिरामीहरु ५  जना फेला परेका थिए । ती सबै समयमा निदान गर्न सकेमा उपचार गर्न सकिने समस्या हुन्।   साथमा धेरै बिरामीहरु दमको बिरामी भनेर उपचार गरिरहेका तर मुटु कमजोर भएका बिरामीहरु ( कार्डियोमायोप्याथी) पनि पत्ता लगाइएको थियो।


 

उच्च रक्तचाप , मधुमेह आदि बिरामीहरु पनि पत्ता लगाइएको थियो् । यसरी समुदायमा गएर रोगको पहिचान गरी उपचार तथा सल्लाह दिनु पनि स्वास्थ्य क्षेत्रमा समाजप्रतिको जिम्मेवारी निर्वाह गरेको हो भनेर भन्न सकिन्छ । सो कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरु धन्यवादका पात्र हुन् । कठिन र दुखदायी  यात्रा गरेर भएपनि दुर्गम ठाउँसम्म गङ्गालाल अस्पतालको उपस्थिति देखिनु सह्रानीय मान्नुपर्छ । त्यस कार्यमा कहिलेकसो आफू  सहभागी हुन पाउँदा मलाई गर्व लाग्छ।

स्वास्थ्य मन्त्रालयबाट क्याम्प गर्नको लागि बजेट छुट्याइएको हुन्छ् । पालिकाहरुले पनि बजेट निर्धारण गरेका हुन्छन् । सो बजेटलाई अझै गुणस्तरीय तरिकाबाट सदुपयोग गर्ने उपायमा भने सुधार गर्नुपर्ने लाग्छ मलाई। क्याम्पको उद्देश्य फलिभूत  हुन दूरदराजमा पुगेर एक दिन वा दुई दिनको क्याम्पबाट पत्ता लगाइएका बिरामीहरुलाई थप उपचार गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ। तर,  कतिपय स्थानहरुमा सो बिरामीहरुको रेकर्ड पनि गरिएको पाइन्न।

स्थानीय अस्पतालमा पालिकाले आफै पहिले क्याम्प गरेर बिरामीहरुको प्रकार वर्गीकरण गर्ने र सोही रोगहरुसम्बन्धीको विषेशज्ञ सेवाको शिविर सञ्चालन गरेमा अझै राम्रो हुने जस्तो लाग्छ । मुटुरोगको शंका भएका बिरामीहरु धेरै देखिए मुटुरोग शिविर गर्ने, मानसिक रोग देखिएमा मानसिक रोग विशेष शिविर गर्ने , विद्यालयमा बालबालिकाको कानको जाली हेर्ने शिविर आदि प्रकारको लक्षित शिविर सन्चालन गर्न सकेमा विशेषज्ञ शिविरलाई विशेषज्ञ सेवामा ढाल्न सकिन्छ । र वास्तविक लक्षित वर्गले सुविस्ताका साथ उपचार पाउँछन्।

समाजप्रतिको थप उत्तरदायित्वमा सहभागी हुन सधैं तत्पर हुने सहिद गङालाल हृदयरोग केन्द्र, त्यसका कर्मचारी र  नेतृत्वलाई मुरी धन्यवादका पात्र हुन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट