काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखाले कोरिया जाने तयारीमा रहेका व्यक्तिहरूका लागि निःशुल्क अनलाइन भाषा कक्षा उपलब्ध गराउने भएको छ । शाखाले १५, वैशाख २०८२ मा एक सूचना जारी गर्दै ईपीएसमार्फत् कोरिया जाने तयारीमा रहेकाका लागि निःशुल्क अनलाइन भाषा कक्षा उपलब्ध गराउने जानकारी दिएको हो ।

कोरियन भाषा परीक्षा (EPS-TOPIK) उत्तीर्ण गरी योग्य सूची (Roster) मा समावेश भएका सम्पूर्ण व्यक्तिहरूका लागि नि:शुल्क अनलाइन कोरियन भाषा कक्षा सञ्चालन गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर भाषा परीक्षा उतिर्ण भएका विद्यार्थीहरूले वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस कोरिया शाखाबाट प्राप्त आईडी र पासवर्ड प्रयोग गरी निःशुल्क अनलाइन कक्षा लिन सक्नेछन् । अथवा यहाँ क्लिक गरेर भाषा कक्षा सम्बन्धी विवरण लिन सकिनेछ ।
सूचना

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ ९:११
सामाग्री श्रोत :
टेक पाना