२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

कोरिया जाने तयारीमा रहेकालाई सरकारको निःशुल्क अनलाइन भाषा कक्षा

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखाले कोरिया जाने तयारीमा रहेका व्यक्तिहरूका लागि निःशुल्क अनलाइन भाषा कक्षा उपलब्ध गराउने भएको छ । शाखाले १५, वैशाख २०८२ मा एक सूचना जारी गर्दै ईपीएसमार्फत् कोरिया जाने तयारीमा रहेकाका लागि निःशुल्क अनलाइन भाषा कक्षा उपलब्ध गराउने जानकारी दिएको हो । 

कोरियन भाषा परीक्षा (EPS-TOPIK) उत्तीर्ण गरी योग्य सूची (Roster) मा समावेश भएका सम्पूर्ण व्यक्तिहरूका लागि नि:शुल्क अनलाइन कोरियन भाषा कक्षा सञ्चालन गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर भाषा परीक्षा उतिर्ण भएका विद्यार्थीहरूले वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस कोरिया शाखाबाट प्राप्त आईडी र पासवर्ड प्रयोग गरी निःशुल्क अनलाइन कक्षा लिन सक्नेछन् । अथवा यहाँ क्लिक गरेर भाषा कक्षा सम्बन्धी विवरण लिन सकिनेछ । 

सूचना 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ ९:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट