काठमाडौँ । डिजिटल सूचना बोर्डहरू ह्याक हुने क्रम बढेपछि नेपाल प्रहरीले सम्बन्धित कार्यालयलाई बलियो पासवर्ड राख्न अनुरोध गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डिफल्ट युजरनेम र पासवर्ड प्रयोग नगर्न तथा कमजोर पासवर्ड नराख्न सुझाव दिएको हो ।
“सूचना प्रवाहका लागि जडान गरिएका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्दो छ । यसको मुख्य कारण डिफल्ट युजरनेम र पासवर्ड वा कमजोर पासवर्ड प्रयोग गर्नु हो । त्यसैले यस्ता पासवर्डहरूलाई समय समयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,” सूचनामा भनिएको छ ।
हालको समयमा डिजिटल बोर्ड ह्याक गरेर अश्लील शब्द, प्रेमसम्बन्धी सन्देश तथा राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो छ । सामान्य मोबाइल एपमार्फत पनि डिजिटल बोर्डको पहुँच लिन सकिने भएकाले यस्ता गतिविधिहरू बढेका छन् ।

सम्बन्धित समाचार: सामान्य एपबाटै ह्याक हुन्छ डिजिटल बोर्ड, जोगिन के गर्ने ?
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ २०:५६
सामाग्री श्रोत :
टेक पाना