२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

कतार-मलेसिया होइन, नेपालकै डाँडामा बसेर लाखौँ कमाउने सीप दिनुपर्छ: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सकिने आफ्नो पुरानो अभिव्यक्ति फेरि दोहोर्‍याएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली युवालाई सीप र क्षमतायुक्त बनाउनुपर्नेमा जोड दिए ।

“एउटा डाँडामा बसेर दुई-चार लाख कमाउन सकिन्छ भनेर मैले एउटा इम्याजिनेसनको कुरा गरेँ । कतिलाई रमाइलो पनि लाग्यो । त्यो सपना हो, सम्भव छ,” थापाले भने ।

उनले युवाको हातमा सीप र क्षमता पुगेमा त्यो सपना यथार्थ बन्न सक्ने उल्लेख गरे । नेपाल अहिले नलेज इकोनोमी (ज्ञानमा आधारित अर्थतन्त्र) मा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसको अपार सम्भावना रहेको बताए ।

थापाले चीनका ४० वर्षीय लियाङ वेनफेङको उदाहरण दिँदै भने, “सिलिकन भ्यालीले उसलाई अनुमोदन नगरे पनि उसले आर्टिफिसियल इन्टेलिजेन्स च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न सक्ने डीपसीक एआई बनायो । यसले देखाउँछ कि सम्भावनाका ढोका सबैका लागि खुलेका छन् ।”

उनले ‘नलेज इकोनोमी’बाट उत्पन्न हजारौँ अवसरबाट विपन्न समुदाय वञ्चित हुन नहुनेमा जोड दिए । विगतमा सरकारको विपन्न लक्षित कार्यक्रम भूमि, कृषि र सामान्य सीपमा केन्द्रित हुने गरेको उल्लेख गर्दै उनले अब सूचना प्रविधि र ज्ञान–आधारित सीपमा केन्द्रित कार्यक्रम आवश्यक भएको बताए ।

“अब विपन्न लक्षित कार्यक्रममा त्यस्ता परिवारका छोराछोरीले सूचना प्रविधिको अवसर उपयोग गर्न सक्ने सीप पाउनुपर्छ । त्यो कतार–मलेसिया गएर गारो लगाउने, ढुङ्गा जोर्ने सीप मात्र होइन, प्रविधिको प्रयोग गरेर घरमै बसेर कमाउने क्षमता हुनुपर्छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १९:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट