२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

विराटनगरमा १०० करोडको लगानीमा ‘एलेक्सा लाइफसाइन्सेज’ नामक सलाइन उद्योग स्थापना

विराटनगर-  मोरङ जिल्ला  बुढीगंगा -२ (विराटनगर)मा १०० करोडको लगानीमा सलाइन उद्योग स्थापना भएको छ। दिनेश ठाकुर स्वर्णकार र रंजित भगतको संयुक्त लगानीमा एलेक्सा लाइफसाइन्सेज प्रालि खुलेको हो। 

सलाइन पानी बजारीकरणमा २५ वर्षको अनुभवपछि आफैं उत्पादनमा होमिएको एलेक्साका अध्यक्ष ठाकुरले जानकारी दिए। विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने,  ‘अन्तर्रास्ट्रियस्तरको उच्च गुणस्तरीय औषधि उद्योगको स्थापना भएको अवगत गराउन पाउँदा गौरवान्वित महशुस गरेका छौं।’   

आफूले यस क्षेत्रमा हासिल गरेको गहिरो अनुभवलाई औषधि उत्पादनमा प्रयोग गर्नका लागि एलेक्सा  सञ्चालनमा ल्याउन लागेको उनी बताउँछन्। एलेक्साद्वारा उत्पादित औषधिहरु  उच्च गुणस्तरीय  हुनुका साथै अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुने विश्वास उनले जताएका छन्। 

आफ्नो उद्योगले ३ चरणमा उत्पादन बजारमा ल्याउने बजार निर्देशक पंकजकुमार झाले बताए। पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी  (आई. भी. फ्लुड्स -१०० एमएल, ५०० एमएल, १००० एमएल ३००० एमएल ), दोस्रो चरणमा एसभीपी सिसाको १ एमलदेखि २० एमएलसम्मका सुईहरु (लिक्युड इन्जेक्टेबल्स) र,  तेस्रो चरणमा आई एन्ड एअर ड्रपको उत्पादन  गरिने उनी बताउँछन्।


‘हाल नेपालको एलभीपी  क्षेत्रमा नेपालमा पूर्णरुपले सञ्चालनमा रहेको एक तथा बिदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा उपलब्ध छन् एलेक्सा  सञ्चालनमा आएपछि सम्भवत: मुलुककै सबै भन्दा ठूलो तथा स्तरीय कम्पनी हुने हामीलाई  विश्वास छ,’ उनले भने। 

निर्माण सम्पन्न हुँदा उद्योगमा  १०० करोड लगानी पुग्ने तयारी गरिएको छ। जसको पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपले सञ्चालन हुँदा थप २५ करोड लगानी रुपैयाँ लाग्ने बताइएको छ।  

गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार रहेको बताउँदै यसै सूत्रलाई ध्यानमा राख्दै औषधिको गुणस्तरमा कुनै सम्झौता नगरिएको र नगरिने अध्यक्ष ठाकुले प्रतिबद्धता व्यक्त गरे। उनले थपे,  ‘देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्‍याउनुका साथै औद्योगीक विकास तथा रोजगारी सृजनामा  समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेका छौं । देशमा लगानीको वातावरण नरहेको तथा रोजगारी सृजना हुन नसकेको भन्ने भाष्यले सृजना गरेको निराशाका बीच करोडौं लगानीमा सयौंलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागिएको हो।’ 

भन्दा सलाइन पानी भनिए पनि निर्माण प्रक्रिया अत्यन्त संवेदनशील रहेकोमा आफूहरु जानकार रहेको उनले बताए। ‘त्यसैले यसमा अपनाइने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग छौं । नेपालको औषधि उद्योगमा यो एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं,’ निर्देशक भगतले भने। 

औषधि उद्योग मार्फत् देशको स्वास्थ्य क्षेत्र र २०० बढी प्रत्यक्ष तथा ५०० बढी अप्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइएको छ। जसले आयातलाई केही हदसम्म भएपनि प्रतिस्थापन गर्नेछ। 

के हो सलाइन औषधि ?

सामान्य  भाषामा भन्दा यसलाई सलाइन पानी भनिछन् । पानी भन्ने शब्दको प्रयोग गर्दा सामान्य जस्तो सुनिएपनि आधुनिक चिकित्सामा बिरामीको उपचारका लागि यो महत्वपूर्ण तत्व हो । अत्यन्तै संवेदनशील र अत्यावश्यक औषधिको वर्गमा यसलाई राखिएको छ। 

मुखबाट दिइने औषधि भन्दा पनि यो बढी संवेदनशील हुन्छ । मुखबाट खाने औषधिमा केही गडबडी भएपनि पाचन प्रणाली हुँदै रगतमा पुग्ने भएकाले तत्काल ठूलो हानी नपुर्याधउन सक्छन् । तर, यो सिधै ब्लडबाट प्रवाह भइ मुटु तथा मगज सम्म पुग्छ । यदि यसको गुणस्तरमा कुनै किसिमको कमी कमजोरी भए ज्यानै जोखिममा पर्न सम्भावना उच्च रहन्छ । ब्लडमा जाने भएकाले  ब्लड जस्तै शुद्ध बनाउनुपर्ने मान्यता राखिन्छ । अत: यसको उत्पादन प्रक्रिया एकदमै जटिल तथा संवेदनशील हुन्छ। 

यस्तो छ एलेक्साको धारणा

सम्पूर्णमा  नमस्कार।                                                                           
कोशी प्रदेश,  मोरङ जिल्ला  बुढीगंगा – २ को  बाइपास रोडमा  Alexa Lifesciences Pvt. Ltd नामक  अन्तर्रास्ट्रियस्तरको   उच्च गुणस्तरीय औषधि उद्योगको स्थापना भएको  अवगत गराउन पाउँदा गौरवान्वित महशुस गरेका छौं।   अध्यक्ष श्री दिनेश ठाकुर  स्वर्णकार रहेको यो औषधी उद्योगमा निर्देशक श्री रंजित भगत लगायत एभरेस्ट बैंक लिमिटेड दुहबी शाखाको लगानी रहेको छ। 

उद्योगमा  १०० करोड लगानी निर्माण सम्पन्न हुने तय गरिएको छ । जसका पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपले सञ्चालन हुन थप २५ करोड लगानी रुपैयाँ लागत आवश्यक पर्ने हाम्रो अनुमान छ । विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट निर्माणको अन्तिम चरणमा छ। प्लान्टमा प्रयोग प्रविधि, उत्पादन पद्धति र प्रणालीबारे जानकारी दिन हामीले उद्योग भ्रमण कार्यक्रम समेत राखेका हौं । भ्रमणमा सहभागी साथीहरुले प्रत्यक्ष रुपमा महशुस गरिसक्नुभएको छ । आज सहभागी हुन नभ्याउनुभएका साथीहरुलाई फेरि पनि हामी त्यो अवसर प्रदान गर्ने जानकारी गराउन चाहन्छौं ।

तमाम कठिनाइ, बाधा, अवरोधका बाबजुद हामी उद्योग सञ्चालनको अन्तिम चरणमा पुगेका छौं। गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार हो । यसै सूत्रलाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको र नगरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।

देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्या उनुका साथै औद्योगीक विकास तथा रोजगारी सृजनामा  समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेका छौं । देशमा लगानीको वातावरण नरहेको तथा रोजगारी सृजना हुन नसकेको भन्ने भाष्यले सृजना गरेको निराशाका बीच हामीले करोडौं लगानीमा सयौंलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागिएको हो। 

यो हाम्रो लागि एउटा महत्वपूर्ण क्षण हो । भन्दा सलाइन पानी भनिए पनि यो निर्माण प्रक्रिया अत्यन्त संवेदनशील विधा हो । त्यसैले यसमा अपनाइने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग छौं । नेपालको औषधि उद्योगमा यो एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं। 

हाम्रो उद्योगले ३ चरणमा गरी आफ्नो उत्पादन बजारमा ल्याउने छ ।  पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी LVP  ( I . V . Fluids -100ml, 500ml, 1000ml  र  3000ml ), दोश्रो चरणमा SVP सिसाको 1ml देखि 20ml सम्मका सुईहरु (Liquid injectables  ) र,  तेस्रो चरणमा eye and ear drop को उत्पादन  गरिने छ।

हाल नेपालको LVP क्षेत्रमा नेपालमा पूर्णरुपले सञ्चालनमा रहेको एक तथा बिदेशी गरी जम्मा ११ कम्पनी को उत्पादन बजारमा उपलब्ध छन् । Alexa  सञ्चालनमा आएपछि सम्भवत: मुलुककै सबै भन्दा ठूलो तथा स्तरीय कम्पनी हुने हामीलाई  विश्वास छ। 

वार्षिक  करिब ६० अर्ब  बजार रहेको औषधि क्षेत्रमा ६५% हिस्सा बिदेशी कम्पनिले ओगटेको देखिन्छ । हाल हाम्रो मुलुकमा  १०० भन्दा बढी कम्पनी औषधि ब्यबस्था बिभागमा दर्ता रहेपनि ७५  वटा कम्पनी सञ्चालनमा छन् । स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने राज्यको नीति नहुँदा  तीमध्ये २० देखि २५ कम्पनीको अवस्था मात्रै ठीकठाक देखिएको छ। अन्य कम्पनीहरुको अवस्था दयनीय छ।  

के हो सलाइन औषधि ? 
सामान्य  भाषामा भन्दा यसलाई सलाइन पानी भनिछन् । पानी भन्ने शब्दको प्रयोग गर्दा सामान्य जस्तो सुनिएपनि आधुनिक चिकित्सामा बिरामीको उपचारका लागि यो महत्वपूर्ण तत्व हो । अत्यन्तै संवेदनशील र अत्यावश्यक औषधिको वर्गमा यसलाई राखिएको छ। 

मुखबाट दिइने औषधि भन्दा पनि यो बढी संवेदनशील हुन्छ । मुखबाट खाने औषधिमा केही गडबडी भएपनि पाचन प्रणाली हुँदै रगतमा पुग्ने भएकाले तत्काल ठूलो हानी नपुर्याधउन सक्छन् । तर, यो सिधै ब्लडबाट प्रवाह भइ मुटु तथा मगज सम्म पुग्छ । यदि यसको गुणस्तरमा कुनै किसिमको कमी कमजोरी भए ज्यानै जोखिममा पर्न सम्भावना उच्च रहन्छ । ब्लडमा जाने भएकाले  ब्लड जस्तै शुद्ध बनाउनुपर्ने मान्यता राखिन्छ । अत: यसको उत्पादन प्रक्रिया एकदमै जटिल तथा संवेदनशील हुन्छ। 

बिगत २५ वर्षदेखि हामी सलाइनको उत्पादन तथा बजारीकरण र अस्पताल क्षेत्रमा आवद्ध रही  आएका छौं। यस क्षेत्रमा हासिल गरेको गहिरो अनुभवलाई हामी औषधि उत्पादनमा प्रयोग गर्नका लागि Alexa सञ्चालनमा ल्याउन लागेका हौं । यस कम्पनी द्वारा उत्पादित औषधिहरु  उच्च गुणस्तरीय  हुनेछन् । अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छौं। 

नेपाली औषधि उद्योगका चुनौती र सरकारको उदासिनता
नेपालमा औषधि उद्योगको इतिहास लामो नभएता पनि १९७० को दशकमा सरकारले तत्कालिन (शाही औषधि लिमिटेड, नेपाल औषधि लिमिटेड)को स्थापना गरी औषधि उद्योगको स्थापना भैसकेको थियो भने लगभग त्यसै समयमा नेपालमा निजी क्षेत्रले पनि औषधि उद्योगमा प्रवेश गरेको थियो ।  हाम्रै छिमेकी मुलुक बंगलादेश सन् १९७१ मा मात्र पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको थियो । त्यही नयाँ देश बंगलादेश आज औषधिको क्षेत्रमा उदाहरणीय प्रगति गरेर देखाएको छ । बंगलादेश औषधिमा ९७ प्रतिशतले आत्म निर्भर भएको छ भने  त्यहाँको औषधि युरोप लगायतका संसार भरका दुई सय देशमा निर्यात हुन्छ । नेपालमा सरकारी स्वामित्वकै औषधि उद्योग समेत संकटमा रहेको छ। 

कुनै पनि उद्योग फस्टाउनु, आत्मनिर्भर हुनुमा त्यो देशले त्यस उद्योगप्रति लिने नीति नियम र रणनीतिको निर्णायक भूमिका रहन्छ । यदि सरकारले सही रणनीति र संकल्पका साथ अगाडी आउने हो भने नेपालमा औषधिमा आत्मनिर्भर हुनेतर्फ अगाडी बढ्ने सुर्वण अवसर छ। 

बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छौं :

१) बिद्युत आपूर्ति नियमित हुन नसक्नु । 

२) उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्न खाले सामग्रीमा  ( प्यानल, चिलर, कम्प्रेसर, बोयलर तथा यसका फिटिङ, एसएटस पाईप,  पानी प्रशोधन यन्त्र , ल्याबका फर्निचर  आदि)  अनुदानको साटो चर्को भन्सार शुल्क  असुल गरिनु ।  

३) औषधि उद्योग प्यानमा कारोबार गर्ने प्राबधान रहेको तर सम्पूर्ण सामग्री खरिद गर्दा मूल्य अभिबृद्धि कर तिर्नु परेकोले उद्योग लागतमा थप भार पर्नु। 

४) अन्य मुलुकमा  जुन औषधि  स्वदेशी उद्योगले उत्पादन गर्न सक्छ, त्यस्ता औषधि  आयातमा रोक लगाउने प्रावधान रहेको हुन्छ तर हाम्रो मुलुकमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनिले उत्पादन गरेपनि थप २० भन्दा बढी विदेशी कम्पनीलाई खुला आयात गर्न अनुमति दिइएको छ । यसका कारण एक स्वदेशी उद्योगले आफ्नो एक खालको उत्पादन बजारीकरण गर्न २० भन्दा बढी कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ।

५) प्रायजसो अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा लागु रहेको कारण उक्त अस्पतालहरु मा सेवाग्राही को बाक्लो भीड रहन्छ । अस्पताल फार्मेसीले औषधि बाँकीमा  खरिद गर्ने  गरेको हुन्छ।  भुक्तानीको बेला बिमाको पैसा आएपछि भुक्तानी गर्ने  भन्ने गरिन्छ। सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण औषधि कम्पनिले समयमा भुक्तानी नपाएर  थप मारमा परेको अवस्था रहेको छ। 

६) अन्य मुलुकहरुमा  समयसापेक्ष अनुसार औषधिको  मूल्य समायोजन गर्ने गरिन्छ।  मूल्य समायोजन भनेको मूल्य बृद्धि गर्नु मात्र हैन,  धेरै औषधि यस्ता हुन्छन् जसको खोज तथा अनुसन्धानमा भएको खर्चका कारण केही वर्ष एकदमै महंगो हुन्छन् तर पछि ती औषधिको मूल्यमा भारी गिरावट हुन्छ र समयमा समायोजन गर्ने हो भने नागरिकले कतिपय औषधि धेरै सस्तो मूल्यमा पाउन सक्छन् ।  आज भन्दा १५ बर्ष अगाडि अधिकतम खुद्रा मूल्य कायम भएको औषधिको मूल्य हाल सम्म यथावत रहेको छ।  जसकाकारण त्यस प्रकारका औषधिहरु सजिलै उपलब्ध नहुनुले  बिरामीहरुलाइ सास्ती खेप्नु परेको छ भने अर्कातिर   स्वदेशी कम्पनीहरुको उत्पादन लागत मूल्य पनि असुल उपर हुन गाह्रो दखिन्छ।

हाम्रो उद्देश्य तथा लक्ष्य 
     स्वदेशमै बिस्वस्तरिय उच्च स्तरको औषधि उत्पादन गरि सर्वसुलभ मूल्यमा नेपाली नागरिकको पहुँचसम्म  पुर्याउने। 

    देशको वर्तमान अवस्था तथा  सुस्त आर्थिक गतिबिधिको बीचमा देशको आर्थिक विकासमा सघाउन निरन्तर लगानी बढाइरहेको र नयाँ उत्पादन ल्याइरहेको बारे अवगत गराउँदै उत्प्रेरकको भूमिका निर्वाह गर्ने ।

    औषधि उद्योग मार्फत् देशको स्वास्थ्य क्षेत्र र २०० बढी प्रत्यक्ष तथा ५०० बढी अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने। 

     आयातलाई केही हदसम्म भएपनि प्रतिस्थापन गर्ने। 

    अन्य मुलुकमा औषधि निर्यात गरि मुलुकको जीडि पी बृद्धिमा भूमिका निर्वाह गर्ने ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्दै आएको कम्पनीले समयानुकुल उपलब्ध हुने प्रविधि र उत्पादन पद्धतिलाई पछ्याउँदै जानेछ । जसले एलेक्सालाई अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र कुशल व्यवस्थापनयुक्त कम्पनीको दर्जामा स्थापित गर्ने हाम्रो विश्वास छ। धन्यबाद।

दिनेश ठाकुर स्वर्णकार, अध्यक्ष
एलेक्सा लाइफसाइन्सेज प्रालि, विराटनगर
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट