२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

एचपीई र अरुबाको आयोजनामा उद्यमशीलता लक्षित ‘इन्टरप्राइज टेक काठमाडौं २०२५’ सम्पन्न

काठमाडौं । हेवलेट प्याकार्ड इन्टरप्राइज (एचपीई) र एचपीई अरुबा नेटवर्किङले आईसीटी डिस्ट्रिब्युसनसँगको सहकार्यमा ‘इन्टरप्राइज टेक काठमाडौं २०२५’ कार्यक्रम आयोजना गरेका छन् । नेपालको उद्यमशील भविष्यलाई सशक्त बनाउने लक्ष्यसहित शुक्रबार राजधानीको मेरियट होटेलमा यो कार्यक्रम गरिएको हो । 

यी दुई कम्पनीले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेका हुन् । कार्यक्रममा हाई पर्फमेन्स भएको डेटा स्टोरेज (एचपीई अलेट्रा एमपी), आधुनिक कम्प्युट पूर्वाधार (एचपीई भीएमई), इन्टेलिजेन्ट नेटवर्किङ र जेरो ट्रस्ट सेक्युरिटी (अरुबा क्लियरपास पोलिसी म्यानेजर) जस्ता अत्याधुनिक उद्यम पूर्वाधार प्रविधि प्रदर्शन गरिएको थियो ।

आयोजक आईसीटी डिस्ट्रिब्युसनका अनुसार कार्यक्रमले विश्वव्यापी प्रविधि बिक्रेता र नेपालको बढ्दो डिजिटल अर्थतन्त्रबीच संलग्नताका लागि आधार तयार पारेको छ । कार्यक्रममा आईटी क्षेत्रका पेसेवर, कस्पोरेट कस्टमर, सिस्टम इन्टिग्रेटर र प्रविधि साझेदारहरूको उपस्थिति थियो ।

आईसीटी डिस्ट्रिब्युसन (सिंगापुर) की कर्पोरेट अफेयर्स महाप्रबन्धक पेनी लाइले नेपाल डिजिटल पूर्वाधारका लागि एक उत्साहजनक वृद्धि बजार भएको बताइन् । “यो कार्यक्रम हाम्रा साझेदार र ग्राहकका लागि स्मार्ट, बलियो र अधिक सुरक्षित रूपान्तरण यात्रा सक्षम पार्ने हाम्रो प्रतिबद्धता पनि हो,” उनले भनिन् । यसैगरी आईसीटी डिस्ट्रिब्युसन (सिड्नी)का समूह सीईओ अली ओबेदले नेपालमा दीर्घकालीन लगानी र अवसर निर्माणमा जोड दिए ।

विगतमा नेपालमा एचपीईको उपस्थिति सीमित रहेकोमा आईसीटी डिस्ट्रिब्युसनसँगको यो सहकार्यले निरन्तर स्थानीय संलग्नताको नयाँ चरण सुरु गरेको बताइएको छ । आईसीटी डिस्ट्रिब्युसनले साझेदार र ग्राहकलाई निरन्तर समर्थन, तालिम र सक्षमता प्रदान गर्ने जनाइएको छ । कार्यक्रमको स्थानीय नेतृत्व क्षेत्रीय प्रबन्धक राजु कोइरालाले गरेका हुन् ।

कार्यक्रममा अन्तरक्रियात्मक टेक क्विज, साझेदार प्रोत्साहन र नेटवर्किङ सत्रहरू थिए । साथै, अप्रिल २५ देखि ३० सम्म सामाजिक सञ्जालमा #hpetechnepal2025 र #HPEarubanepal2025 ह्यासट्याग प्रयोग गरी प्रतियोगिता सञ्चालन गरिएको छ । त्यसमा उत्कृष्ट तीन सहभागीलाई १०० अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेका छन् ।

यसै अवसरमा आईसीटी डिस्ट्रिब्युसनले आगामी नोभेम्बरमा सिंगापुरस्थित एचपीई कस्टमर इनोभेसन सेन्टर भ्रमणका लागि ‘एक्सपिरियन्स इनोभेसन: सिंगापुर सीआईसी डिस्कभरी टुर’ कार्यक्रमको पनि घोषणा गरेको छ । निश्चित मापदण्ड पूरा गर्ने नेपाल र दक्षिण एसियाका साझेदार तथा ग्राहकले यस भ्रमणको अवसर पाउनेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १५:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट