सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा (बीपीकेआईएचएस) धरानमा ‘सिम्फोसिएम कम टक शो’ सम्पन्न भएको छ। दुई दिन चलेको शोको आयोजना परिक्रमा विद्यार्थी परिवारले गरेको हो भने सहयोग स्टुडेन्ट वेलफेयर सोसाइटी एवं जुनिएर वेलफेयर सोसाइटीले गरेका हुन्।
दुई दिन चलेका कार्यक्रममा विभिन्न विषयमा संवाद, विशेष मन्तव्य र वर्कसपहरु गरिएका थिए। पहिलो सेसन ‘डिजिटल वेलबिङ: द इम्प्याक्ट अफ सोसल मिडिया अन मेन्टल हेल्थ’ रहेको थियो। यसैगरी दोस्रो सेसनमा ‘ब्यालेन्स फ्रिडम स्पिच एन्ड कम्युनिटी सेन्टिमेन्टस् : ह्वेर सुड वी ड्र द लाइन’ रहेका थिए।
दोस्रो दिन ‘सेफगार्डिङ हेल्थ केयर : द इम्प्याक्ट अफ एब्युज वर्कर, हेल्थकेयर सिस्टम एन्ड फ्युचर वर्कफोर्स’ र ‘चेजिङ ड्रिम्स : च्यालेन्ज एन्ड अपरच्युनिट्स इन कन्ट्री लाइक आवर्स’ विषयमा आधारित रही छलफल गरिएको थियो।
कार्यक्रममा उक्त प्रतिष्ठानका निमित्त उपकुलपति डा सञ्जीव शर्मा, पूर्व विद्यार्थी समेत रहेका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा मंगल रावल, त्यस्तै डा विकास गौचन, लेखक केदार शर्मा, गणेश लाठ, भूषिता वशिष्ठ, कमेडियन आदर्श कुमार मिश्र, गायिका लोचन भट्टराई, कन्चन राई घुमन्ते, चिकित्सक, पत्रकार र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व रहेका थिए।
दुई दिनको उक्त संवाद कार्यक्रम उपलब्धीमूलक रहेको परिक्रमका अध्यक्ष आर्जव शर्माले बताए। उनले भने, ‘दुई दिनको यस कार्यक्रममा महत्वपूर्ण विषयमा घनिभूत छलफल भयो। जसले विभिन्न विषयमा जानकारी हासिल गर्नुका साथै आफूसँग भएका जिज्ञासा मेट्ने अवसर दियो।’
सामाग्री श्रोत :
swasthyakhabar

