२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

कृष्ण गौतमको रानीहार बजारमा

काठमाडौं । प्राध्यापक कृष्ण गौतमद्वारा लिखित रानीहार निबन्ध सङ्ग्ह प्रकाशित भएको छ।

गौतमद्वारा लिखित सङ्ग्रहमा ४० थान निबन्ध संग्रहित छन्। निबन्धको बारेमा समीक्षक/पत्रकार राजकुमार बानियाँ लेख्दछन्, ‘प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन्। नेपाली साहित्यमा उत्तरआधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरुक भएर। गौतमका हरेक सिर्जनामा समाजका बहुल विचार भेटिन्छन्। अन्तर्विधात्मकता र कलात्मकताको बेजोड हातेमालो हुन्छ।’

रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति भएको बताइएको छ। यसले विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको ममीक्षकले बताएका छन्।

भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ। यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमाको उचाइ जगमगाएको छ।

प्रस्तुत कृति निबन्धको जामा दिइने यात्रा, नियात्रा, समीक्षा, संस्मरण, टिप्पणी, लेख, रिपोर्ताज आदि चलनचल्तीका लेखनबाट सम्पूर्णतः अलग्गिएको छ। तर, ती विधाका तरल स्वरूप भने यसमा पनि उत्तिकै सलबलाइरहेका देखिन्छन्।

शिखा बुक्सले प्रकाशन गरेको रानीहारलाई पुस्तक घरमार्फत कार्यालय तथा घरसम्मको डेलिभरीको व्यवस्था मिलाइएको छ। यसको पेज संख्या ३४० र मूल्य ६७५ रहेको छ। गौतमद्वारा लिखित अद्वैत उपन्यासले २०८० को पद्मश्री साहित्य पुरस्कार र कविडाँडा आख्यान पुरस्कार प्राप्त गरेको थियो।


सामाग्री श्रोत :

कृष्ण गौतमको रानीहार बजारमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट