२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

किन ध्यान दिनुपर्छ निसन्तान दम्पत्तिको मानसिक स्वास्थ्यलाई?

निसन्तान दम्पत्तिको मानसिक स्वास्थ्य सधैं छाँयामा परिरहेको हुन्छ। अधिकांश दम्पत्तिले सन्तान नहुँदाको निराशापन, चिडचिडाहट, समाजले हेर्ने नकारात्मक दृष्टिकोण लगायतका समस्याको सामना गरिरहेका हुन्छन्। तर, तिनको समाधानमा ध्यान पुगेको पाइँदैन। 

यस्तो बेला दम्पत्ति भावनात्मक रुपमा निकै कमजोर हुन्छन्। उनीहरुमा एक अर्कालाई साथसहयोग त चाहिन्छ नै, परिवार, साथीभाइ तथा चिकित्सकको पनि सहयोग र समन्वय आवश्यक हुन्छ, जसबाट उनीहरुलाई सही मार्गदर्शन गर्न सकिन्छ। दम्पत्तिलाई मानसिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि बलियो बनाउन सकियो भने भविष्यमा आइभीएफ उपचारमा जाँदा पनि नतिजा सकारात्मक आउनेहुन्छ।  

मानसिक तनाव कसरी समाधान गर्ने ? 
निसन्तानपनको मानसिक तनाव र समस्याको सामना गर्न केही उपाय अपनाउन सकिन्छ। सर्वप्रथमतः आफैंले आफूलाई ध्यान दिनुपर्छ। केही उत्प्ररेणा जगाउने खालका क्रियाकलापमा दम्पत्ति संलग्न हुन सक्छन्। योगा तथा ध्यान गर्न एवं बिहान–साँझ हिँडडुल गर्न सकिन्छ, जसले गर्दा केही ताजा अनुभूति गर्न सकियोस्।

अर्को विषय हो दम्पत्तिबीचको प्रभावकारी सञ्चार। आफ्नो मनभित्रको कुरा जीवनसाथीलाई खुलेर भन्नुपर्छ। साथै, आफूले विश्वास गर्ने परिवारका सदस्य तथा साथीभाइलाई पनि मनका कुरा भन्न सकिन्छ। सकारात्मक सोचलाई बढावा दिने यस्ता क्रियाकलापको निसन्तान दम्पत्तिको जीवनयात्रा सहज हुन्छ। 

यस्तै, निसन्तानपनले गर्दा निराशा छाइरहेको छ भने मानसिक स्वास्थ्य विशेषज्ञ  तथा थेरापिस्टसँग परामर्श लिन हिच्किचाउनु हुँदैन। 

निसन्तानपन भएका दम्पत्तिले ख्याल गर्नुपर्ने अर्को कुरा हो सामाजिक सञ्जाल।सामाजिक सञ्जालहरुमा सूचनाहरु प्रशस्त हुन्छन्। तर, तिनै सूचनाका कारण नकारात्मक सोच आउन सक्छ। जस्तो, सामाजिक सन्जालमा एकदम खुशी दम्पत्ति देखिए भने नराम्रो अनुभूति हुनसक्छ। त्यसैले आइभीएफ प्रक्रियामा लागेका दम्पत्तिले यस्ता सामाजिक सञ्जालको प्रयोगलाई सीमित गराउनुपर्छ। अनावश्यक सूचना र नकारात्मकताका कारण आइभीएफको नतिजालाई पनि असर गर्ने जोखिम रहन्छ। त्यसैले सामाजिक सञ्जालबाट सकारात्मक कुरामात्र लिनुपर्छ।

यदि आइभीएफबाट सन्तान सुखको प्रयास गर्दा पनि नतिजा नकारात्मक आएको छ भने केही समय ब्रेक लिन हिच्किचाउनुहुन्न। विशेषज्ञसँग परामर्श लिएर केही महिनाको अन्तरालमा पुनः आइभीएफ प्रक्रियामा जान सकिन्छ। आइभीएफसम्बन्धी सबै खालका परामर्श तथा उपचार सेवा नर्भिकमा उपलब्ध छ र यस्ता खालका मानिसक स्वास्थ्य समस्यामा उचित परामर्श पनि नर्भिकको आइभीएफ क्लिनिकले दिँदै आएको छ।  

आइभीएफबारे सचेतना जरुरी
‘आइभीएफ गर्नु भनेको सामाजिक लोकलाजको विषय हो, यसमा अन्य मानिसको वीर्य र अन्डाबाट सन्तान जन्माइन्छ’ भन्ने भ्रम छ, जुन गलत हो। निसन्तानपनबाट सन्तान सुखको यात्रामा लैजाने आइभीएफलाई समाजमा सामान्यीकरण गर्नु जरुरी छ। यही प्रविधिका माध्यमबाट हाल विश्वमा लाखौं महिला आमा बन्न सम्भव भएको छ। यसबारे सचेतना सिर्जना गर्न आवश्यक छ। 

कस्तो अवस्थामा विशेषज्ञसँग सल्लाह लिने ? 
दम्पत्तिको भावनात्मक अवस्था एकदम गम्भीर भइरहेको छ, मनमा पूर्ण निराशपन सिर्जना भइरहेको छ, अब जीवनमा केही पनि छैन भन्नेजस्ता भावना आइरहेको छ भने तत्काल विज्ञ चिकित्सकसँग परामर्श लिन सकिन्छ। अर्कोतिर, डिप्रेसन बढ्दै जाने, आफूलाई गर्न मन लागेको विषयमा रुचि हराउँदै जाने, परिवारबीच पनि एक्लै बस्न रुचाउनेजस्ता समस्या देखिन्न सक्छन्। आपसी सम्बन्धसमेत बिगार्न सक्ने यस्ता खालका भावनालाई बेलैमा समाधान गर्न विज्ञको सहयोग जरुरी छ। 

(डा शेरचन नर्भिक अस्पतालकी कन्सल्ट्यान्ट रिप्रोडक्टिभ मेडिसिन तथा आइभीएफ स्पेसलिस्ट हुन्) 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट