२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

क्रिप्टोलगायतका अपराधले नेपाल ग्रे लिस्टको खतरामा, अनुसन्धान गर्न प्रविधि चाहियोः आईजीपी

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बदलिँदो अपराधको प्रकृतिसँग जुध्न नेपाल प्रहरीलाई परम्परागत तरिकाभन्दा आधुनिक डिजिटल प्रविधि आवश्यक रहेको बताएका छन् । आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा थापाले साइबर अपराध, क्रिप्टोकरेन्सी लगायतका वित्तीय अपराधका घटनाहरू बढिरहेको र नेपाल हाल ‘ग्रे लिस्ट’को अब्जरबेसनमा परेको सन्दर्भमा यस्तो धारणा राखेका हुन् ।

“अहिलेको समयमा चोर समाउन वा अपराधी समाउन कुद्ने होइन । हामीलाई डिजिटल प्रविधि चाहिएको छ,” आईजीपी थापाले भने, “साइबर अपराध बढेका छन् । क्रिप्टोकरेन्सी लगायतका वित्तीय अपराधका घटना बढेका छन् ।”

उनले नेपाल ‘ग्रे लिस्ट’को अब्जरबेसनमा परेको अवस्थामा वित्तीय अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । यसका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अन्तर्गत रहेको आर्थिक अनुसन्धान पिलरलाई सुदृढ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

“त्यो अनुसन्धान गर्नका लागि हाम्रो सीआईबीमा आर्थिक अनुसन्धान पिलर छ । त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन हामीलाई आधुनिक प्रविधि आवश्यक छ । र, हामीले माग गरेका छौँ,” उनले थपे ।

आईजीपी थापाले आवश्यक प्रविधि र स्रोत साधनका लागि नेपाल सरकार र गृह मन्त्रालय समक्ष माग गरिएको र यस विषयमा सरकार सकारात्मक रहेको पनि जानकारी दिए । “यसका लागि हामीले माग गरेका छौँ । यसमा नेपाल सरकार, गृह मन्त्रालय पनि यो (प्रविधि) चाहिन्छ भनेर सकारात्मक छन्,” उनले अन्तर्वार्तामा भने । त्यस्तै सङ्गठनभित्र विभिन्न किसिमका सञ्चार उपकरणको आवश्यकता पनि आईजीपी थापाले औँल्याएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १२:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट