२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

घरायसी विवाद हुँदा श्रीमतीको हत्या

म्याग्दी – बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । 

Ncell 2
Ncell 2

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट