काठमाडौं। गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत माया को आभाषको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र संगीत पनि गायक प्रधानले नै भरेका छन्। गीतको संगीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन्।

हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्री केसी र अमित प्रधानको अभिनय रहेको छ।
सार्वजनिक गीत मायाको आभाषलाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ। डायस्पोरामा रहेका नेपाली गीत संगीतमा रुचि राख्ने र राम्रो प्रतिभालाई उचित स्थान दिने हेतुले म्युजिक नेपालले म्युजिक भिडियो निर्माण र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ।
यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।

भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन्। भिडियोको सम्पादन र रङ्ग संयोजन हिमाल थापाले नै गरेका छन्। भिडियोलाई सिनेम्याटोग्राफर (डीओपी) रेयवट श्रेष्ठले खिचेका हुन्।
सामाग्री श्रोत :