२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

विश्व चर्चित टी-सिरिज युट्युब च्यानलमा सुशान्त केसीको ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक

काठमाडौँ । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर हुनेमध्ये दोस्रो च्यानल टी-सिरिजमा नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । भारतको ठुलो म्युजिक कम्पनीसमेत रहेको टी-सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा ‘उफ’ शीर्षकमा गीत रिलिज गरेको हो ।

रिलिज भएको चार घण्टामा यस गीतले दुई लाख ६२ हजारभन्दा बढी भ्युज बटुलेको छ ।

हिन्दी भर्सनमा गायक सुशान्तसँगै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । नेपाली गीतमा रहेको इन्द्रकला राईको स्वरयुक्त भाग भने जस्ताको तस्तै राखिएको छ ।

भिडिओको सेटिङ नेपाली संस्करणसँग मिल्दोजुल्दो भएपनि हिन्दी भर्सनमा नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू देखाइएको छैन ।

केसीको गीत ‘बार्दली’ ग्लोबल म्युजिक ट्रेन्डिङमा पर्ने तेस्रो नेपाली गीत समेत हो । २९ करोड २० लाख बढी सब्सक्राइबर भएको टी-सिरिजले यसअघि पनि केही नेपाली कलाकारहरूसँग सहकार्य गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १५:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट