काठमाडौँ । एचआर र पेरोल सफ्टवेयर रिगो एचआरले आफ्नो पेरोल मोड्युलमा परिवर्तन ल्याएको छ । हालै नयाँ संस्करण सार्वजनिक गर्दै कम्पनीले यो मोड्युलमा थप फिचर पस्किएको हो ।

नयाँ अपडेटमार्फत तलब र अन्य व्यवस्थापनका कार्य सजिलो र छिटो हुने कम्पनीको दाबी छ । यसका साथै, सिफ्टमा काम गर्ने कर्मचारीहरूको लागि नयाँ सिफ्ट व्यवस्थापन प्रणाली (Shift Scheduling) पनि ल्याइएको छ ।
नयाँ पेरोल मोड्युलमा कर्मचारी भर्नादेखि अवकाशसम्मको सम्पूर्ण प्रक्रियालाई सहज बनाउने नयाँ संरचना, तलबसम्बन्धी जानकारी र परिवर्तनको सजिलो अभिलेख, समयमै गल्ती पहिचान गर्ने प्रणाली, कानुनी नियमहरूको पालना गर्न सहयोग गर्ने फिचर, छिटो र झन्झटरहित तलब प्रक्रिया, डेटा सुरक्षाको लागि अतिरिक्त स्वीकृति प्रणाली, बोनस तथा अन्य अतिरिक्त भुक्तानीको सजिलो व्यवस्थापन र सिधै बैंक खातामा तलब भुक्तानी गर्ने सुविधा थपिएको कर्मचारीले जनाएको छ ।
त्यस्तै नयाँ सिफ्ट व्यवस्थापन प्रणालीले होटल, अस्पताल र निर्माण जस्ता सिफ्टमा आधारित कार्यस्थलहरूमा काम गर्ने कर्मचारीका लागि सिफ्ट योजना बनाउन, हाजिरी व्यवस्थापन गर्न र ओभरटाइम तथा सिफ्ट भत्ता निर्धारण गर्न सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ ।

रिगो टेक्नोलोजिजका प्रमुख व्यापार अधिकृत राजन श्रेष्ठले कम शुल्कमा आधुनिक र भरपर्दो एचआर प्लेटफर्म प्रदान गरेर नेपालको एचआर प्रविधि क्षेत्रमा अग्रणी स्थान बनाएको दाबी गरे । उनका अनुसार कम्पनीले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधि पनि थप्दै जाने योजना बनाएको छ ।
नयाँ वर्षको अवसरमा रिगो एचआरले जुलाई २०२५ सम्मको लागि अफर पनि ल्याएको छ । यसअन्तर्गत प्रति कर्मचारी मासिक १५० रुपैयाँबाट सेवा सुरु हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १७:४०
सामाग्री श्रोत :
टेक पाना