२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

१४ वर्षीय सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थानको शानदार जित

काठमाडौं। १४ वर्षीय खेलाडी वैभव सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थान रोयाल्सले जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित हासिल गरेको छ। जयपुरमा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

गुजारातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो। राजस्थानको जितमा वैभवले आक्रमक ब्याटिङ गरे। उनले ३५ बलमा शतक बनाउँदै आईपीएल इतिहासमा दोस्रो छिटो शतक प्रहार गर्ने खेलाडी बने। उनी ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाएर आउट भए।

यस्तै यशस्वी जैसवालले ४० बलमा ९ चौका र २ छक्काको मद्दतमा ७० रन बनाए। कप्तान रियान परागले १५ बलमा ३२ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्ण र रशिद खानले एक एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए। उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै जोश बटलरले २६ बलमा ५० रन बनाए। राजस्थानका महिष थिक्सानाले दुई विकेट लिए।


सामाग्री श्रोत :

१४ वर्षीय सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थानको शानदार जित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट