काठमाडौं –गएको जेठ १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन् ।तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो । त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए । यो सँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो ।
प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेकाहरूलाई बयान सकेर हाजिर जमानीमा छाडेको भएपनि राज्यविरूद्धको कसुरमा पक्राउ परेकाहरूलाई भने प्रहरीले रिहा गरेको छैन । राप्रपाका सांसद धवलशम्शेर राणालाई पनि राज्यविरूद्धको कसुरमा अनुसन्धान भएको थियो । स्वास्थ्य उपचारका लागि उनलाई पनि हाजिर जमानीमा राखिएको थियो। उनी भारतमा उपचार गरी नेपाल फर्किसकेका छन् । रविन्द्र मिश्र, दुर्गा प्रसाईं उनका अंगरक्षक दीपक खड्का, सहित २५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ