२०८२ बैशाख १५ सोमबार
२०८२ बैशाख १५ सोमबार

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैंसी मरे

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका-३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन्।

वर्षासँगै परेको चट्याङ लागेर मकालु-३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए। चट्याङ लागेर भैंसी मर्दा १० लाख बढीको क्षति भएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ।


सामाग्री श्रोत :

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैंसी मरे

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट