२०८२ बैशाख १५ सोमबार
LATEST NEWS
२०८२ बैशाख १५ सोमबार

आईफोनमा यसरी प्रयोग गर्नुहोस् भिजुअल इन्टेलिजेन्स फिचर

काठमाडौं । नयाँ फोनसँगै एप्पलले सार्वजनिक गरेको एउटा नयाँ फिचर हो भिजुअल इन्टेलिजेन्स । यो फिचरमार्फत प्रयोगकर्ताले आईफोनको क्यामेरा प्रयोग गरेर आफ्ना वरिपरि भएका वस्तुहरूको विषयमा जानकारी पाउन सक्छन् । उदाहरणको लागि तपाईँले क्यामेराबाट कुनै रेस्टुरेन्टको फोटो लिनु भयो भने यसले तपाईँलाई सो रेस्टुरेन्टको विषयमा सम्पूर्ण जानकारी उपलब्ध गराउने क्षमता राख्छ ।

तर याद गर्नुपर्ने कुरा भनेको यो फिचर आईफोन १६ मा मात्रै उपलब्ध छ । यदि तपाईँसँग आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स छ र त्यसमा आईओएस १८.२ इन्स्टल छ भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । यस्तै आईफोन १६ ई को लागि भने आईओएस १८.३ इन्स्टल भएको हुनुपर्छ । 

एप्पलले अलिकति सुविधा यहाँ आईफोन १५ लाइ पनि दिएको छ । तर यसको लागि आईओएस १८.४ इन्स्टल भएको १५ प्रो र १५ प्रो म्याक्स चाहिन्छ । अब यदि तपाईँ यहाँ उल्लेख गरिएका मध्ये आईफोनको कुनै पनि नयाँ मोडल प्रयोग गरिरहनु भएको छ भने भिजुअल इन्टेलिजेन्स प्रयोग गर्ने तरिका पनि यहाँ उल्लेख गरिएको छ । 

यदि तपाईँसँग क्यामेरा कन्ट्रोल बटन भएको आईफोन १६ छ भने सो बटनमा ट्याप गरेर तपाईँले भिजुअल इन्टेलिजेन्स प्रयोग गर्न सक्नुहुन्छ । 

यदि तपाईँसँग आईफोन १६ ई, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छन् भने निम्न तरिकाबाट भिजुअल इन्टेलिजेन्स प्रयोग गर्न सक्नुहुन्छ: 

– फोनको सेटिङमा जानुहोस् 

– एक्सन बटनमा ट्याप गर्नुहोस् 

– यसपछि स्क्रिनलाई दायाँ वा बायाँ स्वाइप गरेर भिजुअल इन्टेलिजेन्स एक्टिभेट गर्न सक्नुहुन्छ 

लकस्क्रिनबाट भिजुअल इन्टेलिजेन्स एक्टिभेट गर्नुहोस् 

– फोन लक हुँदा लकस्क्रिनमा ट्याप गरेर अलि समय होल्ड गर्नुहोस् 

– कस्टमाइजमा ट्याप गर्नुहोस् र लक स्क्रिनमा ट्याप गर्नुहोस् 

– स्क्रिनको सबैभन्दा तल भएको दुवै आइकनमा देखिएको माइनस (-) को सिम्बोलमा ट्याप गर्नुहोस् 

– यसपछि त्यहाँ भएको प्लस (+) सिम्बोलमा क्लिक गर्नुहोस् र भिजुअल इन्टेलिजेन्स एड गर्नुहोस् । 

कन्ट्रोल सेन्टरबाट भिजुअल इन्टेलिजेन्स एक्टिभेट गर्नुहोस्

– स्क्रिनको दायाँबाट तलतिर स्वाइप गर्नुहोस्

– कन्ट्रोल सेन्टरमा भिजुअल इन्टलिजेन्सको सर्टकट देखिन्छ । यदि त्यहाँ सर्टकट छैन भने स्क्रिनको माथि बायाँतिर भएको प्लस (+) सिम्बलमा ट्याप गर्नुहोस् र भिजुअल इन्टेलिजेन्स एड गर्नुहोस्    

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १०:६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट