२०८२ बैशाख १५ सोमबार
२०८२ बैशाख १५ सोमबार

कश्मीरमा प्रहरीले विद्यार्थी कुटेको भन्दै नेपालको स्ववियु चुनावको पुरानो भिडिओ भारतमा भाइरल

 

काठमाडौँ । नेपालको एक क्याम्पसमा विद्यार्थीबिच भएको झडपको एक पुरानो भिडिओ यतिखेर भारतमा भाइरल बनेको छ । हालै भएको जम्मू-कश्मीर, पहलगाम आतङ्कवादी हमलासँग जोडेर उक्त भिडिओ भाइरल बनाइएको हो । 

राजधानीस्थित महाराजगन्ज मेडिकल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनपछि भएको झडपको भिडिओ राख्दै पहलगाम हमलापछि कश्मीरी विद्यार्थीमाथि कुटपिट भएको दाबीसहित पोस्ट गरिएको थियो । तर, भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को फ्याक्ट चेक टिमको तथ्य जाँचबाट उक्त दाबी पूर्ण रूपमा भ्रामक भएको तथ्य पुष्टि भएको छ । 

यही २२ अप्रिलमा भारतको पहलगाममा भएको आतङ्कवादी हमलापछि सामाजिक सञ्जालमा उक्त भिडिओ तीव्र रूपमा शेयर हुन थालेको थियो । कश्मीर स्थित महाराजगन्ज मेडिकल क्याम्पसमा विद्यार्थीमाथि कुटपिट भएको दाबी सहित भिडिओ राखिएको छ । 

भाइरल भिडिओमा एक समूहले एक व्यक्तिलाई लाठीले कुटपिट गरिरहेको देखिन्छ । र, यसलाई पहलगाम हमलाको प्रतिक्रिया स्वरूप ‘महाराजगन्ज मेडिकल कलेज’मा कश्मीरी विद्यार्थीमाथि भएको आक्रमण भनी प्रचार गरिएको छ ।

पीटीआईको फ्याक्ट चेक डेस्कले गरेको अनुसन्धानले यो भिडिओ भारतको पहलगाम हमला वा कश्मीरी विद्यार्थीसँग सम्बन्धित नभएको खुलासा गरेको हो । अनुसन्धानका क्रममा यो भिडिओ काठमाडौँ स्थित महाराजगन्ज मेडिकल क्याम्पसको भएको खुलेको छ । 

टेकपानाले भिडिओ थप पुष्टि गर्न क्याम्पस प्रशासनलाई सम्पर्क गरेको थियो । त्यस क्रममा क्याम्पसका प्रतिनिधिले उक्त भिडिओ क्याम्पसको यूजी ब्वाइज होस्टेलको भएको बताए । हालै सम्पन्न स्ववियु निर्वाचनको नतिजापछि झडप भएको ती प्रतिनिधिको भनाइ छ । 

पीटीआई फ्याक्ट चेकले भिडिओको स्रोत पत्ता लगाउन रिभर्स इमेज सर्च र कि वर्ड सर्च जस्ता प्रविधिको प्रयोग गरेको थियो । यस क्रममा नेपालका स्थानीय फेसबुक पेजहरूमा १९ मार्चमा नै उक्त भिडिओ स्ववियु निर्वाचनसम्बन्धी विवाद र झडपको रूपमा पोस्ट भएको भेटिएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १२:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट