काठमाडौं– चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थपेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार मिश्र, आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलगायतविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा थप म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई म्याद थपका लागि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालत पेस गराएको थियो । राजावादीहरुको हिंस्रक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ