२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

सामाजिक सञ्जालमा हल्ला भएजस्तो लोडसेडिङ छैन, बेलुका पख खपत कम गरेर सहयोग गर्नुहोलाः प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो विद्युत् आपूर्तीमा समस्या नरहेको दाबी गरेको छ । विद्युत् आपूर्तिको विषयलाई लिएर सर्वसाधारणले सामाजिक सञ्जालमा व्यक्त गरेको जिज्ञासा तथा आशङ्कालाई लिएर प्राधिकरणले आइतबार सूचना मार्फत खण्डन गरेको प्रकाशन गरेको हो ।

“बजारमा सामाजिक सञ्जालमा व्याप्त अतिरञ्जित हल्ला गरिएजस्तो गरी विद्युत् आपूर्तिमा समस्या नरहेको जानकारी गराउँदछौँ,” प्राधिकरणले भनेको छ, “कहीँ कतै कुनै पनि गार्हस्थ ग्राहक वर्गको क्षेत्रमा लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोडसेडिङ नहुने कुरामा आश्वस्त गराउन चाहन्छौँ । साथै औद्योगिक क्षेत्रका ग्राहक वर्गलाई बेेलुकीको समयमा आफ्नो खपत कम गरेर सहयोग गर्न हुन अनुरोध गर्दछौँ ।”

प्राधिकरणले नेपालको नदीनालामा बहाब छिट्टै बढ्ने र भारतबाट पनि विद्युत् आपूर्ति बढ्ने अवस्था रहेको भन्दै हाल देखिएको समस्या छिट्टै समाधान हुने विश्वास समेत व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १७:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट